बुधबार, असार १०, २०८३

नेपालको पर्यटन प्रवर्द्धनमा प्रवासी नेपालीको भूमिका विषयक अन्तरक्रिया टोकियोमा हुने

जापान,७ साउन । नेपालमा जापानी पर्यटन बढाउन टोकियोमा अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरिने भएको छ ।
नेपाल सरकारको पर्यटन भ्रमण वर्ष २०२० लाई सफल बनाउन पर्यटनको क्षेत्रमा कार्यरत संस्था नेपाल जापान पर्यटन अनुसन्धान केन्द्रको आयोजना तथा सुदुरपश्चिम समाज जापान, राप्ती समाज, पर्वतसमाज र युथ फर अलको सह९आयोजनामा “नेपालको पर्यटन प्रवर्द्धनमा विदेशमा बस्ने नेपालीहरुको भूमिका स् सन्दर्भ नेपाल भ्रमन वर्ष २०२०” विषयक एक दिवसीय विचार गोष्ठी तथा कार्यपत्र प्रस्तुतिकरणको आयोजना गर्ने जनाएको छ ।

टोकियोको इचिगया स्टेसन नजिक रहेको जाइकाको हलमा अगस्त ५ मा कार्यक्रमको आयोजना गरिने आयोजकले जानकारी दिएको छ ।
विषेशगरी नेपालमा जापानिज पर्यटकहरु हरेक बर्ष घट्दै गइरहेको परिप्रेक्ष्य मा आयोजना हुन लागेको यस कार्यक्रमले नेपाल पर्यटन बोर्ड लाई जापानमा नेपालको पर्यटनबजार प्रबर्दन गर्न भावी रणनीति बनाउन सहयोग पुग्ने आशा गरिएको छ।

कार्यक्रममा भएका छलफल र अन्तरक्रियाको निष्कर्ष नेपाल पर्यटन बोर्डलाई बुझाइने कार्यक्रम आयोजकले जनाएको छ ।