टोकियो । प्रवासी नेपाली मंच जापानले आमरण अनशनरत डाक्टर गोविन्द केसीलाई वार्ताको माध्यम मार्फत समस्याको समाधान गर्न अनुरोध गरेको छ ।
आइतवार मंचले एक विज्ञप्ति मार्फ़त अपील गरेको हो । जापानमा रहेका नेपालीहरुको हितमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा काम गर्नुका साथै मातृभुमि नेपाल र नेपालीहरुको सुख , सम्वृद्धिमा सहयोगी बन्ने लक्ष्यले क्रियाशील संगठन प्रवासी नेपाली मंच जापान ,जनता र राष्ट्रको हितमा क्रियाशील रहदै प्रवासी नेपालीहरुको नेपाल सरकार र नेपाली जनतासंग जोडिएका विषयहरुले हाम्रो ध्यान केन्द्रित गरि रहको सबैलाई अबगत गराएको गराउदै अपील गरेको छ ।
नेपाल सरकारले जनता र देशको पक्षमा निर्णय गर्दा समर्थन र बिपक्षमा निर्णय गर्दा विरोध गर्दै कुनै वाद वा विचार भन्दा मानवीयता , देश र जनताहरुको हित ठुलो हुन्छ भन्ने मान्यता राख्ने हुनाले बिगतको होस वा बर्तवान सरकारले गर्ने कामहरुलाइ पनि जनहितसंग जोडेर हेर्ने र बुझ्ने प्रबासी नेपाली मंच जापान लगाएत सम्पुर्ण प्रवासीले आस गरेको भन्दै मंचले वार्ता मार्फ़त समस्याको समाधान खोज्न अपील गरेको छ ।
प्रेस विज्ञप्ति
आदर्णिय दाजु भाइ तथा दिदिबहिनीहरू हार्दिक अभिवादन
जापानमा रहेका नेपालीहरुको हितमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा काम गर्नुका साथै मातृभुमि नेपाल र नेपालीहरुको सुख , सम्वृद्धिमा सहयोगी बन्ने लक्ष्यले हाम्रो संगठन प्रवासी नेपाली मंच जापान जनता र राष्ट्रको हितमा क्रियाशील रहदै प्रवासी नेपालीहरुको नेपाल सरकार र नेपाली जनता संग जोडिएका विषयहरुले हाम्रो ध्यान केन्द्रित गरि रहको सबैलाई अबगत नै छ। नेपाल सरकार ले जनता र देश को पक्षमा निर्णय गर्दा समर्थन र बिपक्षमा निर्णय गर्दा विरोध गर्दै कुनै वाद वा विचार भन्दा मानवीयता , देश र जनताहरुको हित ठुलो हुन्छ भन्ने मान्यता राख्ने हुनाले बिगतको होस वा बर्तवान सरकारले गर्ने कामहरुलाइ पनि जनहितसंग जोडेर हेर्ने र बुझ्ने प्रबासी नेपाली मंच जापान लगाएत सम्पुर्ण बिदेशमा क्रियाशील संगठन को कर्तव्य जस्तै हो ।
त्यसैले नेपालमा मेडिकल शिक्षासंग जोडिएका कतिपय समस्या समाधान हुनुपर्छ भन्दै डाक्टर गोविन्द केसीले पटक पटक गर्दै आउनु भएको अनशनहरुको वारेमा हाम्रो संगठन पुर्ण जानकार छ । डा. केसिले उठान गर्नु भएका कतिपय जायज मागहरु बार्ताको माध्यम बाट पुरा होलान तर जनताको स्वास्थ्य जस्तो संवेदनशील विषयसंग जोडिएका समस्याहरु समाधान गर्ने घोषणा पत्र सहित निर्वाचित वर्तमान जनताको सरकारले संसद मा पेश गरेको अध्यादेश छलफल नै नगरी हुबहू पास गर्ने भन्ने गोबिन्द केसि र प्रतिपक्षहरू को माग हो भने गोबिन्दबाद मात्र भए पुग्ने भयो निर्वाचित संसद के का लागी हो र चाहियो ,यस्तो ग़लत तरीक़ाले कानुनी राज्यको उपहास गर्नु बाहेक अरू त के हुन सक्छ , केबल बिरोध का लागी बिरोध गरेर देश लाई फेरी उल्टो दिशा तर्फ धकेल्नु बाहेक ।यद्धपि मेडिकल शिक्षासंग जोडिएका समस्याहरु समाधान गर्दै अगाडी बढ्ने कोशिस गर्नु पर्छ। सरकारले अध्यादेश ल्याएको अवस्थामा त्यसमा उल्लेखित कतिपय प्रावधानहरु प्रति असहमति जनाउँदै डाक्टर गोविन्द केसीले सदाझैं फेरी अनशन सुरु गर्नु भएको छ । लोकतन्त्रमा विरोध गर्न पाउने अधिकार सवै संग हुन्छ , त्यसो हुनाले डाक्टर केसीले सुरु गर्नु भएको अनशनलाई सत्याग्रह को हवला दिदै बिपक्ष पार्टिले आन्दोलन घोषणा गरेर अवरोध श्रृजना गर्नु भन्दा वहाँसंग बसेर समस्या समाधानको निम्ती वार्ता गर्नु उत्तम हुनेछ । त्यसैले डा. केसी को स्वस्थ्य प्रति सम्बेदनशिल हुदै काठमाण्डौ ल्याई उपचार सहित वार्ता गर्ने सरकारी पहलको प्रवासी नेपाली मंच जापान सलाम गर्दै लोकप्रिय जननिर्वाचित सरकार र डाक्टर गोविन्द केसीले वार्ता मार्फत समस्याको समाधान गरि निकास निकाल्न सक्दो कोसिस गर्नेछ भन्ने मा हाम्रो संगठन आशावादी रहेको छ।
अन्तमा, सबै राजनैतिक दल,उस्को जनबर्गिय संघ संगठन ,मानब अधिकार कर्मि र पत्रकारहरूलाई जिम्मेवारीपूर्ण व्यवहार गर्न, समस्यालाइ बिकराल बनाउनु भन्दा समाधान तर्फ अगाडी बढ्न अनुरोध गर्दछौं । आवधिक निर्वाचन मार्फ़त लोकतान्त्रिक रुपमा अत्याधिक जनमत सहित निर्वाचित वर्तमान सरकार र डाक्टर गोविन्द केसीको विचमा हुने खुल्ला र अर्थपूर्ण वार्ताले मात्रै समस्याको समाधान हुने हुनाले तत्काल वार्ताको निम्ती पहल गर्न सवैमा अनुरोध सहित अपिल गर्दछौं ।
महेन्द्र कुमार श्रेष्ठ
अध्यक्ष
प्रवासी नेपाली मंच राष्ट्रीय कमिटी जापान

