सोमबार, जेठ २५, २०८३

टोकियोमा ‘रामकृष्ण बम मल्ल एकल साँझ-२०१८‘ हुने

जापान। टोकियोमा ‘गायक तथा संगीतकार रामकृष्ण बम मल्ल एकल साँझ २०१८‘ आयोजना गरिनेभएको छ । 

कलाकारहरुका लागि भैपरी आउने आकस्मिक बिपत्तिमा सहयोग गर्न वि. सं. २०६२ सालमा नेपाल सरकार वा कुनै दातृ निकायको सहयोग विना नै विशुद्ध कलाकारहरु र कलाप्रेमीहरुद्वारा स्थापित ’कलाकार कल्याणकारी अक्षय कोष नेपाल’ को लाई सहयोग गर्न   संकलित उक्त अक्षय कोष हालसम्म ७० लाख रुपैंयाँ जम्मा भईसकेको र यसवर्षलाई कोष अभिवृद्धि वर्षको रुपमा देश तथा विदेशमा विभिन्न कार्यक्रमहरुको आयोजना गरी १ करोड रुपैयाँ पुर्याउने लक्ष्य लिईए अनुरुप उक्त कोषको सहयोगार्थ जापानमा ’रामकृष्णबम मल्ल प्रथम एकल सांगीतिक साँझ’ गरिने भएको हो । 

गीत संगीतको कुनै भाषा, भूगोल र सीमा रेखा हुदैन । यसमा अदम्य शक्ति छ  भन्ने कुरालाई पुष्टि गर्दै,नेपाली कला, सँस्कृति, गीत, संगीतको माध्यमबाट जापानमा नेपालको चिनारी बढाउने र दुई देश बिचको साँस्कृतिक सम्बन्धलाई थप उचाईमा पुर्याउने सेतुको रुपमा क्रियाशील छन् गायक तथा संगीतकार रामकृष्ण बम मल्ल। उनि, नेपाल र जापान  बिच रहीआएको असल सम्बन्धलाई गीतसंगीतको  माध्यमबाट जनस्तरसम्म पुर्याउने र जापानी नागरिकलाई नेपाल भ्रमणका लागि प्रेरित गरी देशको पर्यटन प्रबर्द्धनमा टेवा पुर्याउने उद्देश्यका साथ  परदेशको व्यस्थतामा पनि  गीतसंगीतमै निरन्तर साधनारत छन् । 

यस कार्यक्रममा उनले,मल्ल आफुले सृजना गरेका संगीत भरेका र स्वरबद्द गरेका बिभिन्न चर्चित राष्ट्रिय, आधुनिक तथा लोकगीत,सालै जो ठाडो भाका,यानीमाया लगायतका मौलिक  गीतहरू प्रस्तुत गर्ने छन । त्यसका साथै उनले विगत दुई दशकदेखिको साँगीतिक यात्रा र जापान बसाईको क्रममा सिकेका, भोगेका र संगालेका यस क्षेत्रका अनुभवहरुलाई  नितान्त पृथक एवं नयाँ शैली र उच्च प्रविधिको प्रयोगका साथ प्रस्तुत गर्नेछन् । एउटै रंगमञ्चमा नेपाली तथा जापानी वाद्यवादकहरुको संयोजनमा संयुक्त लाइभ गरिने कार्यक्रममा, नेपाली बाधबादनतर्फ तबला र मादलमा ऋषि पौडेल , सारङगीमा मन थापा ,बाँसुरीमा खडक पुन, ढोलक ,तबला र मादलमा उत्तम बि क, तथा अक्टोप्याडमा भरत सुनार रहनेछन् । त्यसैगरि जापानी  बाद्यबादनमा, गीतार लिड मा सिगेयुकि कोनिता,बेस गीतारमा तारो ईरे, कीबोर्ड मा मासामी ईसियामा तथा प्रकसनमा बुन्ता ताके मुरा  रहने छन् । हारमोनियममा भने,  स्वयम्  गायक रामकृष्ण बम मल्ल रहने जनाईएको छ ।

कार्यक्रममा, अतिथी कलाकारको रूपमा जापानी गायिकाहरू आओई सानो र ईरी कावामुराको प्रस्तुति रहनेछ ।भने गायिका सोना के सी र सिता पुनले गायक मल्ल लाई साथ दिनेछन्।  दिपवेले प्रमुख प्रायोजन गरेको सो कार्यक्रमको , मुल आयोजक समितीका संयोजकमा  डि पी कँडेल रहेका छन् भने,सहआयोजकको रूपमा बागलुङ समाज जापान, गल्कोट स्पोर्ट कल्ब जापान, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जापान शाखा, अन्तर्राष्ट्रीय  साहित्य समाज जापान साखा र दर्शन समाज जापान रहेको छ ।