बुधबार, असार १०, २०८३

निप्पोरी गाइजको अध्यक्षमा भिम रायमाझी

जापान : निप्पोरी गाइजको अध्यक्षमा भिम रायमाझी चयन भएका छन् । जापानको शिनओकुबुमा सम्पन्न अधिवेशनले एघार सदस्यीय कार्यसमिती गठन गरिएको जनाइएको छ ।

निप्पोरी गाइज़का संयोजक भिम रायमाझीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि ओएनएफ़ जापानका अध्यक्ष महेन्द्र श्रेष्ठ विशेष अतिथिहरू ओएनएफ़ जापानका उपाध्यक्ष बाबुराम भण्डारी, एनआरएनए जापानका प्रवक्ता पर्शु बस्नेत, गुल्मी समाजका अध्यक्ष शालिकराम भण्डारी, बाग्लुंग समाज जापानका अध्यक्ष सिद्धार्थ श्रेष्ठले शुभकामना मन्तब्य राखेका थिए ।

कार्यक्रममा अतिथिको रुपमा आपचौर समाज जापानका अध्यक्ष महेन्द्र अधिकारी,लक्ष्मण र्याल, घले समाजका जापानका प्रतिनिधि अनुरोध घलेको उपस्थिति रहेको थियो ।

कार्यसमितीको अध्यक्षमा भिम रायमाझी, उपाध्यक्षमा सागर लामा, सौगात जंग कार्की र रवि लामा रहेका छन् भने महासचिवमा बसन्त मोक्तान र सचिवमा युवराज तामांग चयन भएका छन् । त्यस्तै प्रज्वल घिसिंग(लामा) र अशोक लामा क्रमश; कोषाध्यक्ष र सह-कोषाध्यक्षमा मनोनित भएका  छन् ।

यसैगरि समितिको सदस्यहरुमा हिमाल मोक्तान, सुमन पौड्याल, सबिन बाबु मगर, संजय लामा, युवराज लामा, अभि रायमाझी, जोन लामा, विजय उप्रेती , विवेक जंग कार्की, सरोज भण्डारी र सुबास घिसिंग रहेका छन् ।