टोकियो : आगामी साता टोकियोमा विशेष प्रिमियर हुन लागेको नेपाली कथानक चलचित्र रमिताको टिजर सार्वजानिक गरिएको छ ।
जापानका युवा व्यवसायी ईश्वरीप्रसाद कँडेलको निमार्णमा तयार गरिएको चलचित्र रमिताले नेपाली युवाहरुको कथालाई समेटेको छ। चर्चित नायक दिलिप रायमाझी र नायिका रजनी केसीको विशेष भूमिका रहेको चलचित्रमा दिपासा विसी, रिना थापा मगरको साथ रहेको छ भने संदिप बुर्लाकोटी, विनोद श्रेष्ठ र सुरवीर पंडितले साथ दिएका छन। पोखरा, मुस्ताङ, बाग्लुङग, पर्वत र काठमाण्डौ लगायतका रमणिय स्थानमा छायाश्रकन गरिएको चलचित्रले दिलिप रायमाझीको नायकीलाई फेरी एकपटक पुनरागमन गर्ने अपेक्षा गरिएको छ।
आगामी जुलाई १६ तारिक सोमबारका दिन टोकियो नाकानो जिरो हलमा नायक दिलिप रायमाझीसंगै रेड कार्पेट प्रिमियर गर्न लागिएको चलचित्रमा लोक दोहोरी गीतमा चर्चा कमाएका गायक सूर्य खडकको स्वरवद्ध गीतलाई प्रमुख आकर्षण मानिएको छ।
रंजित कुमार छेत्रीको निर्देशनमा तयार भएको चलचित्र ‘रमिता’मा प्रल्हाद सुबेदीको कथा शिवराम श्रेष्ठको छायांकनलार्इ तारा थापाले सम्पादन गरेका छन् ।
