मङ्गलबार, बैशाख ०८, २०८३

लालीगुराँस सांगीतिक धमाका २०७५ कुवेतमा भव्य तयारी

कुवेत । लालीगुराँस सास्कृतिक परिवार नेपाल कुवेतको वार्षिकोत्सबको अवसरमा हुन गइरहेको लालीगुराँस सांगीतिक धमाका २०७५ भव्य हुने भएको छ ।
उक्त सांस्कृतिक धमाकाको लागि चर्चित गायक अमृत खाती, डिबी लोप्चन, उमा श्रेष्ठ र बसन्ती थापा लगायतका कलाकारहरु कुवत पुगी सकेका छन ।
जुलाई ६ तारीखमा हुन लागिरहेको उक्त सांगीतिक धमाकामा कुवेत प्रवेश गरेका कलाकारहरुलाई आयोजक संस्थाका अध्यक्ष माधव पौडेल लगायत दर्जनौं पदाधिकारीहरु, कुवैतका कृयशिल संघ सस्थाहरु, पत्रकारहरु तथा स्थानीय कलकारहरुले भब्य स्वागत गरेका थिए ।
कुवेतका लागि नेपाली राजदूत प्रमुख अतिथि हुने उक्त कार्यक्रमको सम्पुर्ण तयारी पूरा भैसकेको कार्यक्रम संयोजक ललिता थापा मगरले जानकारी दिनु भएको छ ।