बुधबार, असार १०, २०८३

जापानको चिबा केनमा चिबा नेपाली समाज गठन

जापान : जापानको टोक्यो नजिकै रहेको शहर चिबामा युवाहरूको सक्रियतामा नेपाली समाज गठन भएको छ ।

पछिलो समयमा चिबा क्षेत्रमा नेपालीहरूको बहुल्यता तिब्र गतिमा भईरहेको मध्यनजरलाई ख्याल गर्दै नेपालीहरूको चापसँगै नेपालीहरूमा विभिन्न समस्याहरू पनि देखा पर्न थालेको र नेपालीहरूमा देखा पर्न थालेको समस्याहरूको सामधान खोज्नको लागि नै समाज गठन गर्न परेको समाजको निर्वाचित महासचिव टिकाराम न्यौपानेले बताएका छन।

प्रथम अधिवेशनबाट निर्वाचित समाजको महासचिब न्यौपानेका अनुसार शुरज राईको अध्यक्षतामा बरिष्ठ उपाध्यक्ष प्रकाश थापा मगर रहने गरि २३ सदस्य रहेको कार्यसमिति गठन भएको छ।साथै कार्यसमितिले प्रमुख सल्लाकार सन्जिब राईलाई चयन गर्दै सल्लाकार समिति पनि गठन गरेको छ।प्रमुख सल्लाकार राई नेफेसो जापानको केन्द्रीय महासचिब हुन भने अध्यक्ष शुरज राई १० वर्ष अघिबाट जापानको चिबा क्षेत्रमा बस्दै सामाजिक कार्यमा सक्रिय रहदै आएको छ।

निर्वाचित कार्यसमितिका सबैले आ-आफ्नो भनाईहरू राखेका थिए भने नेफेसो जापानको महासचिब राईले खदा लगाएर बधाई तथा शुभकामना दिएको थियो।