टोकियो । काभ्रे, चौरी देउराली-८ बिर्ता देउराली निबासी समीर टी तामाङ लाई सर्व सहमति अध्यक्षमा चयन गर्दै काभ्रेली समाज जापानको दोश्रो अधिवेशन भब्य रुपमा सम्पन्न भएको छ ।
आईतवार जापानको टोक्योको शिनओबुको स्थित सोलमरी हलमा सम्पन्न बिभिन्न पेशा ,ब्यवसाय ,अध्ययनको सिलसिलामा जापान आई बसेका काभ्रेलीहरुको साझा संस्था काभ्रेली समाज जापानको दोश्रो अधिवेशन सम्पन्न भएको हो ।
दोश्रो अधिवेशनबाट समीर टी तामाङलाई सर्वसहमत अध्यक्षमा चयन गरेको छ भने सो अधिबेशनबाट बरिष्ठ उपाध्यक्षहरुमा मन्जु गिरी र प्रकाश लामा , उपाध्यक्ष- लनाम लामा,छोईसाङ लामा, देवराज उप्रेती,महासचिव-:इन्द्र तामाङ,उप- महासचिव-:सम्झना लामा, सचिब-प्रकाश भेटवाल,रामहरी गौतम,कोषाध्यक्ष-कुन्साङ थिङ,सह-कोषध्यक्ष-:देवेन्द्र योन्जन,सदस्यहहरू अखिल लामा, गोपाल थोकर, सुदीप तामाङ, शर्मिला लामा, निर्मला तामाङ, नीरज तामाङ, निर्मल बल तामाङ,बिजिता कान्छा मोक्तान,रंजित गौतम रहेका छन ।कार्यसमितिको अर्को बैठकले थप सदस्य मनोनित गर्ने गरी २५ सदस्यीय नया कार्य समिति गरिएको छ ।
कार्यक्रम काभ्रेको सफल व्यवसायी भुवन अधिकारीको प्रमुख अतिथिथ्यमा र निबर्तमान अध्यक्ष मेख लामाको सभापतित्वमा सम्पन्न भएको थियो सो कार्यक्रममा समाजसेवी तथा व्यबसायि भुवन अधिकारीले काभ्रेली समाज जापानलाई थप सफलताको शुभकामना ब्यक्त गर्नु हुदै अगामि दिनमा समाजको लागि जस्तो सुकै सहयोग गर्न तयार रहेको कुरा समेत प्रतिवद्वता गर्नु भयो । साथै संस्थापक अध्यक्ष मेख लामाले छोटो कार्यकालमा काभ्रेली समाजले महत्वपूर्ण कार्यक्रम गरेको र भाबी दिनहरूमा पनि साथ र सहयोग रहने प्रतिबद्धता जहेर गर्नु भयो ।
सर्बसम्मत अध्यक्ष समीर लामाले अब काभ्रेली समाजलाई अहिले सम्मको इज्जतलाई जोगाइरहने र कार्यसमितिलाई सबै जनाको सल्लाह अनुसार समेट्दै लैजाने बताउनु भयो ।

