टोकियो,१ असार । नेपाली राजनितिमा बैकल्पिक शक्तिको नेतृत्व गर्ने लक्ष्य सहित स्थापना भएको नयॉ शक्ति नेपालको जापान स्थित भातृ संगठन अन्तराष्ट्रीय नेपाली समाज जापानले पार्टिको दोस्रो स्थापना दिवस अन्तरक्रिया गरि मनाएको छ ।
प्रवासमा बसेका करिब ५० लाख नेपालीहरुको नेपालमा नोट चल्ने तर भोट नचल्ले भन्दै समाजले बुधबार जापानको टोकियोमा “प्रवासि नेपालीहरुलाई मताधिकार कार्यान्वयनमा सम्भावना र चुनौतिहरु ” विषयमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।
अन्तरक्रिया कार्यक्रममा जापानमा रहेका राजनैतिक दलहरुका प्रतिनिधिहरु, एनआरएन जापानका पदाधिकारीहरु, जापानमा क्रियासिल बिभिन्न सघं सस्थाका अध्यक्षमा तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । अन्तरक्रिया कार्यक्रममा बोल्ने वक़्तहरुले विषय महत्वपूर्ण भएपनि यसको कार्यवन्नमा ल्याउन सजिलो नहुने कुरामा जोडदिएको थिए ।
स्थापना दिवसको अवशरमा आयोजित अन्तरक्रिया कार्यक्रममा स्थपना दिवश लेखिएको केक अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि समेत रहेका समाज जापानका अध्यक्ष पदम ठगुन्नले केक काटनु भएको थियो ।
बैकल्पिक शक्ति विना देशमा राजनैतिक निकास र देशको आर्थिक बिकास हुन नसक्ने भन्दै तत्कालीन माओवादिबाट राजिनाम दिएका नेता तथा पुर्व प्रधानमंत्री डा बाबुराम भट्टाराईले पार्टि नयॉ शक्ति नेपालको स्थापना गर्नु भएको थियो ।

