बुधबार, असार १०, २०८३

जुन २४ मा चितवन समाज जापानको विबेक्यू कार्यक्रम तयारी भव्य 

टोकियो,२८ जेठ ।”आपत कालिन अक्ष्यकोषको सहयोगार्थ” चितवन समाज जापानले जुन २४ तारिख आइतबारका दिन विबेक्यू कार्यक्रमको आयोजना गरेको छ ।

जापानको व्यस्त समयलाई बिदाको दिन प्रवासमा नेपालीविचको भाईचार,एकता अनि दुःख सुख साटन विबेक्यू (वनभोज ) आयोजना गरेको चीतवन समाज जापानका अध्यक्ष राजन श्रेष्ठले जानकारी दिनुभयो । नोबोरितो स्टेसन बाट ३ मिनेट नजिक रहेको पार्कमा हुन गईरहेको उक्त कार्यक्रममा जापानबासी दाजुभाइ तथा दिदिबहिनीलाई उपस्थितिको निम्ति समाजले आग्रह गरिएको छ ।

मनोरन्जनको साथै जापानमा रहेका सबै सङ्गठनमा आबद्ध व्यक्तिहरु एकै ठाँउमा उपस्थित भै परोपकारी काममा सहयोग गर्न र एक अर्कामा परिचित हुने आत्मियता भाईचारा मित्रता प्रगाढ बन्ने अवसर नगुमाउन समाजका अध्यक्ष श्रेष्ठले आग्रह गरेका छन । यस विबेक्यू कार्यक्रमको संयोजन तथा व्यवस्थापन यसै चितवन समाज जापानका सल्लाकार मनोज घलेले गर्दै यस कार्यक्रममा सबैजना उपस्थित भएर रमाइलो गर्न आह्वान गर्नु भएको छ।

विगतका दिनमा पनि विभिन्न मनोरन्जनात्मक र सामाजिक कार्यक्रम गर्दै आइरहेको चितवन समाज जापानले यस पटकको पहिलो विबेक्यू कार्यक्रम गर्न गहिरहेको छ