बुधबार, असार १०, २०८३

मृगौला पिडितलाई जापानवाट आर्थिक सहयोग संकलन गरि हस्तातरण 

जापान,२३ जेठ । संखुवासभा जिल्ला साविक आँखिभुँइ गाविस -१ हाल धर्मदेवी नगरपालिका ६, होम्बोङ निवासी बर्ष २१ को धनकुटा बहुमुखी क्याम्पसमा बिबिएस तेस्रो बर्षमा अध्यनरत सन्देश जिमीको दुवै मृगौला खराब भइ प्रत्यारोपण गर्नु पर्ने भएको हुँदा हाल भक्तपुर पुरानो बाटोको निकोसेरा भन्ने ठाउँमा कोठा लिइ राखिएको र हप्तामा २ पटक शहिद धर्म भक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा डायालासिस गर्दै उपचार भइराखेको छ। बिरामीलाई आफ्नै आमाले मृगौला दिने भएको र दुवै जनाको स्वास्थ्य परिक्षण पनि भइरहेको छ तर आर्थिक अभाव भइ उपचारमा कठिनाइ भइरहेकोले उहाँको जीवन रक्षाको निमित्त आर्थिक सहयोगको लागि पत्रकार भिम देवान मार्फत सामाजिक सन्जालमा आह्वन गरिएको थियो ।

पत्रकार भिम देवान कै अनुरोधमा जापान स्थित विद्यार्थी भिषामा रहनु भएका संखुवासभा पाँचखपन नपा-९ तेर्से निवासी पेमानुरी शेर्पा उर्फ पेमानुरी शेर्पाले पुर्वी नेपाल विकास सहकार्य केन्द्रमा सहयोगको लागि प्रस्ताव राखेको थियो र उक्त प्रस्तावमाथि केन्द्रका अध्यक्ष  शुवास लोहनीले पेमानुरी शेर्पा कै संयोजकत्वमा विमल कार्की,ओखलढुङ्गा र फुर्वा शेर्पा,सोलुखुम्बु पत्रकार ३ सदस्यीय आर्थिक सहयोग संकलन तथा व्यवस्थापन समिती गठन गर्नु भएको थियो । जसअनुसार सहयोग संकलन समितिले विभिन्न महानुभावहरु मार्फत जुन महिनाको ३ तारीक आइतबारसम्म आर्थिक सहयोग संकलन सम्पन्न गरि सकेको छ। जसअनुसार जापानिज येन ७२५११(अक्षेरेपी बहत्तर हजार पाँच सय एघार जापानिज येन )संकलन भएको छ ।
उक्त रकमलाई रेमिटेन्स मार्फत नेपाल पठाइने र संखुवासभा जिल्लाकै गौरीमान राइ विमल काफ्ले तथा धर्मदेवी नगरपालिका कै अन्य महानुभावहरु तथा पत्रकार भिम देवानको रोहवरमा पुर्वी नेपाल विकास सहकार्य केन्द्रसँग सम्बन्धित समाजसेवी खोटाङ निवासी राजश्री खालिङबाट मृगौला पिडित सन्देश जिमीलाई निजकै निवासमा पुगी हस्तान्तरण गर्ने कार्यक्रम पनि तय भइसकेको जानकारी सहयोग संकलन समिति संयोजक पेमानुरी शेर्पाले विज्ञप्ती मार्फत जानकारी गराउनु भएको छ ।

आर्थिक सहयोग गर्नु हुने महानुभावहरुको नाम तथा रकम विवरण
१. कुमार कार्की मोरङ १०,०००¥
२.ध्रुव थापा संखुवासभा ५,०००¥
३.प्रतिक्षा पुरी काठमाण्डौ ५,०००¥
४.सुवास लोहनी मोरङ ५,०००¥
५. सन्जिव राई खोटाङ ४,०००¥
६.ज्वाला संग्रौला झापा ३,०००¥
७. लाक्पादोर्जी शेर्पा सोलु ३,०००¥
८.हेम घिमिरे इलाम ३,०००¥
९.आकी गौतम मोरङ २,०११¥
१०.भुपिगोबिन्द श्रेष्ठ सुनसरी २,०००¥
११.धिरज कार्की मोरङ २,०००¥
१२.सरोज शाही धनगडी २,०००¥
१३.मोहनकुमार अधिकारी झापा २,०००¥
१४.डिल्लीराम सिवाकोटी झापा २,०००¥
१५.विमल कार्की ओखलढुङ्गा २,०००¥
१६.नबिन कटुवाल धनकुटा २,०००¥
१७.रुद्र उप्रेती मोरङ २,०००¥
१८.अखिल राइ पाँचथर २,०००¥
१९.भूवन रोक्का खोटाङ २,०००¥
२०.कमल पाठक संखुवासभा २,०००¥
२१.हरि गेलाल खोटाङ २,०००¥
२२.कुमार बान सोलुखुम्बु २,०००¥
२३.ज्याक खड्का खोटाङ २,०००¥
२४.फुर्वा शेर्पा सोलुखुम्बु १,५००¥
२५. मदन चापागाँई पाँचथर १,०००¥
२६. बिनोद कार्की खोटाङ १,०००¥
२७. रोहित थापा उदयपुर १,०००¥
_______________________

नेपाली रुपैयाँ ७०,०००।-जम्मा गर्न ७३५५४ जापानीज येन आवस्यक परेकोले सहयोग संकलन समिति संयोजक पेमानुरी शेर्पा बाट १०४३¥ थप गरी एकमुष्ट नेपाली रुपैयाँ ७०,०००।-(अक्षेरेपी सत्तरी हजार मात्र) जापान मनि एक्प्रेसमार्फतमार्फत आज मिती २०१८ जुन ५ तारीक मंगलबार नेपाल पठाइ सकिएको जानकारी गर्दै फेरी पनि सम्पुर्ण सहयोगी महानुभावहरुमा धेरै धेरै धन्यवाद व्यक्त गर्दछु।