जापान,२२ जेठ । जापानमा पहिलो पटक सेलेब्रिटीको लागि आगामी सेप्टेम्बर १६ मा इन्टरनेशनल अवार्ड आयोजना हुने भएको छ । सुर्य कर्पोरेसन कम्पनिले जापानको टोकियोमा अवार्ड शो आयोजना गर्न लागिएको हो ।
उक्त अवार्ड डान्स, कमेडी, गायन र अभिनय विधामा रहेर आयोजना हुने जनाएको छ । बिश्वकै सबै भन्दा ब्यस्त र महँगो शहर टोकियोमा अहिले सम्मकै ठुलो साँस्क्रितिक कार्यक्रमबिच अवार्ड संन्चालन हुने आयोजक संस्थाका बासु देव लामिछानेले बताए ।
अवार्डमा नेपालबाट नया पुराना ख्याती प्राप्त कलाकार हरु टोकियोको एकै स्टेजमा जमघट हुनेछन् ।
सुर्य इन्टरनेशनल अवार्ड नाम दीइएको अवार्डमा नेपाली चलचित्र र संगीत दुवै विधामा नोमिनेसन छनोट गरि अवार्ड वितरण गरिने आयोजकले बताएको छ ।
चलचित्र र संगीत गरि जम्मा १२ विधामा ५-५ नोमिनेसनमा रहने ब्यवस्था रही अनलाइन भोटिंग सिस्टमको आधारमा अवार्ड वितरण गरिने आयोजकको भनाइ छ ।

