सोमबार, जेठ २५, २०८३

आगामी अगष्ट १९ मा तमु धीँ जापानले २२ औँ रोधीं साँझ गर्ने

जापान,२२ जेठ । जापानमा पुरानो संस्थाको रुपमा रहेको तमु धीँ जापानले २२ औँ रोधीं साँझ मनाउने भएको छ ।

तमु धीँ जापान अध्यक्ष अनिता गुरूङका अनुसार अगष्ट १९ तारिक आइतबारका दिन नेपालका ख्याती प्राप्त कलाकारहरूको सहभागितामा रोधीं साँझ मनाउने भएको हो । सधै झै यस वर्ष पनी जापानको टोकियोस्थित मेगुरो कुमिन सेन्टरमा रोधी साँझ आयोजना हुने जनाएको छ ।

उक्त कार्यक्रममा जापानमा रहेका स्थानीय कलाकारहरूले समेत बेजोड प्रस्तुति दिने तमु धीका महासचिव चित्र गुरुङ्ले बताउनु भयो ।