सोमबार, जेठ २५, २०८३

कोहपुर एक्सप्रेस कुनै फिल्मको नक्कल नभई नयॉ प्रयोग : केकि अधिकारी

टोकियो,२० जेठ । कोहलपुर एक्सप्रेस प्रर्दशनको लागि निर्माता तथा नायिका केकि अधिकारी सहित प्रियंका कार्की टोकियोमा आईपुगेका छन ।
शनिवार टोकियो आईपुगेका नायिकाद्धयले पत्रकार सम्मेलनमा नेपाली चलचित्र कोहलपुर एक्सप्रेस कुनै चलचित्रका नक्कल नभई नयॉ प्रयोग भएको नायिका तथा निर्माता केकि अधिकारीले बताउनु भयो ।

नेपाली फिल्म क्षेत्रमा केकी अधिकारीलाई बौद्धिक नायिकाको रुपमा चिन्ने गरिन्छ । करीब एक दशक नेपाली फिल्ममा आफ्नो अभिनयमार्फत् फरक पहिचान बनाएकी उनी गएको प्रदर्शनमा आएको फिल्म ‘कोहलपुर एक्सप्रेस’बाट निर्मात्रीको रुपमा उदाएकी छिन् ।

यो दक्षिण भारतीय फिल्म मुम्बई एक्सप्रेसको फोटोकपी रहेको चौतर्फी आलोचना भइरहँदा टोकियो आएर पनि यो कोहलपुर एक्सप्रेस कुनै फिल्मको नक्कल नभई नयॉ प्रयोग भएको नायिका तथा निर्माता अधिकारीले बताउनु भयो ।

सामाजिक सञ्जालमा फिल्मको विषयमा दर्शकको मिश्रित प्रतिक्रिया छ । कतिले गुणस्तरिय फिल्म बनेको भन्दै तारिफ गरिरहेका छन् भने कतिले फोटोकपी फिल्म भएको भन्दै चर्को आलोचना गरिरहेका छन् ।

नेपाली कथानक चलचित्र कोहलपुर एक्सप्रेस जापानमा प्रर्दशनका लागि आएका नायिकाहरु केकि अधिकारी तथा प्रियंका कार्कीले आपना अनुभवहरु प्रेशमिटमार्फ़त सुनाउनु भएको थियो ।

आज जुन ३ तारिक आईतबार नाकानो ज़ीरो हलमा हुने चलचित्रको प्रर्दशन रेड कार्पेट सहितको कोहपुर एक्सप्रेस प्रर्दशन गरिने आयोजक ओमशान्तिओम र डेष्टेनि क्रियसनले जानकारी दिएको छ ।