जापान,१७ जेठ । नेपाली जनप्रगतिशिल मञ्च टोकियो क्षेत्रिय समितीले ११ औं गणतन्त्र दिवसको शुभअवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम हुने भएको छ ।
कार्यक्रम जुन ३ मा नेपाली मुरा हल टोकियो जापानमा हुने भएको हो ।
जनप्रगतिशिल मञ्च टोकियो क्षेत्रिय समितीले कार्यक्रमको जानकारीमा भनिएको छ – जनताको संघर्ष र बीरतापूर्ण बलिदानबाट विगत २४० वर्षदेखी रहिआएको राजसंस्था को विधीवत रुपमा अन्त्य भइ गणतन्त्र स्थापना भएको उपलक्ष्यमा प्रवासमा रहनुहुने सम्पुर्ण गणतन्त्रप्रेमी जनसमुदयको बिचमा शुभकामान आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरिएको हुनाले यहाँ र यहाको संघस्थाको गरिमामय उपस्थीतीको लागी हार्दीक अपिल गरेको छ ।
उस्ले भनेको छ देश तथा विदेशमा रहेको सम्पुर्ण नेपाली दाजुभाई तथा दिदि बहिनीहरुमा सुख शान्ति र समृदीॄको निरन्तर कामाना गर्दछौ । यस अवसरमा गणतन्त्र स्थापनार्थ योगदान पुर्याउने महान जनयुदॄ, एेतिहासिक जनआन्दोलन मधेश आन्दोलन लगाएत सबै न्यायपुर्ण आन्दोलनमा शाहदात प्राप्त गरेका सम्पुर्ण ज्ञात अज्ञात सहिदहरुलाई स्मरण गर्दै वहाहरुको योगदानको उच्चासम्मान गर्दछौ । आन्दोलनको क्रममा घाईते र अंगभंग भएका सबैको ब्यबसथापनमा राज्यले ध्यान पुर्यायोस भन्ने यस सरकार सँग जोडदार मागसमेत गरेको छ ।

