जापान,११ जेठ । गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानले डा.महाविर पुनसंगको अन्तर्कृया तथा च्यारेटी डिनर कार्यक्रमको अन्तिम तयारी पूरा भएको जनाएको छ ।
वायरलेस प्रविधिद्वारा देशको ग्रामिण क्षेत्रमा सूचना प्रबाह गर्ने लक्ष्य बोकेर नेपाल वायरलेस सञ्जाल परियोजनामार्फत इन्टरनेट संजाल विस्तार गर्न सफल व्यक्तित्व,एसियाको नोबेल पुरस्कारले चिनिने ‘रोमन मेग्सय्सय अवार्ड’ जस्ता विभिन्न अवार्डद्वारा सम्मानीत डाक्टर पुनसंग अन्तर्कृया तथा च्यारेटी डिनर कार्यक्रम हुने भएको हो ।
यही मे २७ तारीक आइतवार टोकियोको सिनओकुबोस्थित टोकियो रोधी क्लबमा अन्तर्कृया तथा च्यारेटी डिनर कार्यक्रमको आयोजना हुन लागेकोले यहाहरुको गरिमामय उपस्थितीको लागी आयोजक एनआरएनए जापान हार्दिक अनुरोध गरेको छ ।
डाक्टर पुनसग अन्तरक्रिया तथा जापानवासी नेपालीविचमा च्यारिटी डिनर गरिने गैर आवासीय नेपाली संघ जापानका प्रवक्ता पर्शुराम बस्नेतले जानकारी दिनु भयो सो च्यरिटी डिनरबाट बचेको रकम पुनको राष्ट्रीय आविष्कारकेन्द्रलाई हस्तान्तरण गरिने समेत जनाएको छ ।

