मन्जु गिरी , जापान ।
बिजुली चम्किदिको शक्तिको झै हण्डर,धैर्यता र सहन शिलता
आमा र बाबाले कष्ट काटेपछि ,
तेहि चम्केको बिजूलिको पावर समाति घरमा ममताको बिजुलि बलिरहेको छ ।
धेरै पहिले आमाले माईतिबाट
लजाउदै ल्याएका हेलम्बुका बैसका लालिहरू
चूहुन लागेको खरको छानोबाट
बिस्तारै बिस्तारै फूङ्ग उड्न जाॅदैछ ।
भरोसाले श्रीमान ज्यू सॅग
मायाले छोरा छोरि सित ।
मायाको सागरमा डूब्नाले नाता नातिनासॅग
सिगारिएको रातो धोतिचोलो मजेत्रो
सेतो पटूको र चम्किलो शिन्दुर रपोते शित।
रन्दा मारेको गालाको डिलमा
चचहै चचहै गर्छन अहिले तिआमाको गालाको हेलम्बूको स्याउ
र पनि आमाले बाधेको पटूकिले साहारा दिन्छन् ।
असारेका फेदमाभाडकूडी खेल्दाको यादहरू ।
हामिछौ घूस खोरको एजेन्ट जस्तो
बूडेसकालमा ब्याजको पनि स्याज दिने लोभ देखाएर ।
मात्रि मोह लूटिरहनेलूटिएकोमा
बिस्मत मान्दिनन्।
उजूर बाजुर को कूनै झोला
बति कातेको रात आनन्दले निदाऊछिन
आमाको लाख बतिको भाकलमा
त्यो पनि तिनै सन्तानको लागि।
आमाले तिमिले जानेकै एतिहो त?
कुनै आशा लिदिनौ
दिन मात्रै जानेकि हौ त ?
बिरामि पर्दा दबाई खाईनौ रे
यो दूर देशबाट फोनमा आमा,
भनिदिदा निको भयौ रे
आॅशूले मुख धूदै आषिश बर्षायौ रे ।
प्यारो छ उनको खोटो आॅखालाई
बाबाको थाकेको अनुहारलाई
र
दूखले जोडेको त्यो घर
जहाॅ बिना मूआब्जा बाबाआमा मक्केका छन्।
पोहोर शाल हिउॅदमा जाउ बाबा आमा म सॅग भने
बाबा आमा बोलेनन ,
हामि यही घरबाट एकै पल्ट डोलि चडि बिदा हून्छौं
यो हाम्रो बूडो शरिर हो
भन्थे बाबा आमाका भित्रि ओठहरूले ।

