टोकियो,९ जेठ । आदिवासी जनजातिहरूले आदिमकालदेखी मनाउदै आएको सांस्कृतिक पर्वको बिदा कटौती नगर्न जापानवाट प्रधानमन्त्रीलाई आदिवासी जनजातिहरूले माग गरेको छन ।
बुधवार नेपाल आदिवासी जनजाति महासंघ जापानको नेतृत्वमा जापानका लागी नेपाली राजदूतावास टोकियोमार्फत प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई ज्ञापन पत्र मार्फत सो माग गरेका हुन ।
जापानमा जनजाति महासंघमा आवद्द विभिन्न जातीय संस्थाहरू तमु धीं जापान, तामाङ समाज जापान,किराँत याक्थुङ चुम्लुङ जापान ,थकाली सेवा समिति जापान , शेर्पा संघ जापान ,नेपाल मगर संघ जापान ,किराँत राई योयाख्खा जापान,थारु समाज जापान,नेपाल थामी समाज जापानको तर्फबाट संयुक्त रूपमा ज्ञापन पत्र बुझाएका हुन
। नेपाल आदिवासी जनजाति महासंघ जापानका अध्यक्ष टेक बहादुर (सुमन )लिम्बूको नेतृत्वमा राजदूतावासमा पुगी जापानका लागी नेपाली राजदूत प्रतिभा राणामार्फ़त सो सन्देश पठाएका हुन ।
सरकारले २०७४ चैत्र १४ गते बुधबारका दिन बसेको नेपाल सरकार मन्त्रीपरिषद् बैठकले सार्वजनिक विदा अन्यौलपूर्ण तरिकावाट कटौती सम्बन्धि गरेको निर्णयमा आदिवासी जनजाति समुदायको पर्वहरू ल्होछार-ल्होसार,माघी, माघे संक्रान्ति,उधौली–उभौलीमा दिइदै आएको एक दिने विदा पनि सरकारले कटौती गरेको प्रति नेपालका आदिवासी जनजाति समुदायहरूले बिरोध गर्दै उक्त निर्णय लिन माग गरिरहेका छन ।

