काठमाडौं,९ जेठ । नेपाली चलचित्रका चर्चित नायक दिलिप रायमाझीको कमव्याक हुने भएको छ ।
आगामी अगष्टबाट प्रर्दशन हुने तयारीमा जुटेको नेपाली वेरोजगार युवाहरुको कथामा तयार गरिएको हास्य चलचित्र रमितामा दिलिपको चर्चा चुलिने अपेक्षा गरिएको छ ।
दर्जनौ चलचित्रमा सफल ठहरिएका नायक रायमाझी आर्थिक कारण तथा नेपाली चलचित्रमा आएको नयाँ धारका कारण ओझेलमा परेका थिए । गाउले परिवेशमा युवाहरुको वास्तविक कथालाई हास्यव्यङग रुपमा समेटेएर तयार गरिएको चलचित्र रमिताको मिक्सिङग र सम्पादनको कार्य धमाधम भईरहेको निमार्ता मध्येका एक ईश्वरीप्रसाद कँडेलले जानकारी दिए।
निमार्ता कँडेलका अनुसार रंजितकुमार क्षेत्रीको निमार्ण तथा निर्देशनमा तयार गरिएको चलचित्रमा दिलिपलाई रजनी केसी, विपासा विसी, रिना थापा मगरको साथ रहेको छ भने संलिप कुर्लाकोटी, विनोद श्रेष्ठ र सुरवीर पंडितले साथ दिएका छन। प्रहलाद सुवेदीको कथामा पोखरा, मुस्ताङ, बाग्लुङग, पर्वत र काठमाण्डौ लगायतका रमणिय स्थानमा छायाश्रकन गरिएको चलचित्रले दिलिप रायमाझीको नायकीलाई फेरी एकपटक पुनरागमन गर्ने अपेक्षा गरिएको छ ।
