टोकियो,५ जेठ । नेपालका सुचना प्रविधि विज्ञ एवं अनुसन्धानविद्,आविष्कार केन्द्रका पाउन्डर डा.महाविर पुनले आर्थिक हैन विचार दानको लागि अनुरोध गरेका छन् ।
नेपाल पत्रकार महासघ जापानले १८ तारिख शुक्रवार आयोजित पत्रकार भेटघाटमा सो कुरा बताउनु भएको छ ।
नेपालमा आविष्कार केन्द्रको बारेमा पत्रकार भेटधाट तथा अन्तर्कृयामा सबै भन्दा पहिले यस अभियानको वारेमा वुज्न अपिल गरेका हुन ।
पुनलाई ‘वर्ल्ड टेलिकम्युनिकेशन तथा ईन्फर्मेशनसोसाईटी डे’को अवशरमा विहिबार अन्तराष्ट्रीय टेलिकम्युनिकेशन युनियन जापानको आयोजनामा टोकियोमा भएको ग्लोबल समिटमा पुरस्कृत गरिएको हो । पुन, नेपालमा कम्युनिकेशनको क्षेत्रमा नयॉ खोज एवं सफलतापूर्वक उपलब्धिहरु हासिल गरेको भन्दै सम्मानित भएका हुन् ।
नेपालको ग्रामिण क्षेत्रमा ईन्टरनेटको विस्तार र दुर्गम क्षेत्रमा प्रविधिको माध्यमबाट विकास एवं स्थानिय मानिसहरुको जिवनस्तर उकास्न महत्वपूर्ण भूमिका निर्वाह गरी दक्षिण एसियाको नोबेल पुरस्कार मानिने म्याग्सेसे लगायत अन्य थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारहरुद्वारा सम्मानित भईसकेका छन् ।

