बुधबार, बैशाख १२, २०८१

नयाँ नयाँमा गीतको म्यूजिक भिडियो सार्वजनिक

काठमाडौं, ३० बैशाख । नयाँ नयाँमा गीत सार्वजनिक भएको छ । गायक राजकुमार बानियाँ र गायिका गीता सेञ्चुरीको स्वर रहेको उक्त गिमा दृश्य उदयीमान चर्चित मोडल करिश्मा ढकालले लिएका छन् ।

गीतमा लय, शब्द राजकुमार हो । भिडियो निर्माणमा राजकुमार भुजेलको पनि उत्तिकै साथ छ । भुजेलको पनि अभिनय रहेको छ । भिडियोको निर्देशन व्यस्त निर्देशक प्रकाश भट्टले गरेका हुन् । बानियाँकै जलेश्वरी म्युजिक प्रालिले अडियो, भिडियोको प्रस्तुति गरेको छ ।

कलेज लाइफमा भएको माया प्रेम, शंका, आशंका, अविश्वासका कारण हुने झगडालाई गीतको शब्द र भिडियोमा उतारिएको छ ।