सोमबार, मङि्सर २३, २०८२

जापानमा नेपाल फेस्टिवल- २०१८ आगामी अगस्ट २५ र २६ हुने

टोकियो,३० वैशाख । जापानमा गैरआवासीय नेपाली संघ जापानको आयोजनामा हुन लागेको नेपाल फेस्टिवल २०१८ बारे विभिन्न सैघसंस्थाहरुसंग बृहत छलफल गरेको छ ।

शनिवार जापानस्थित सिनओकुबोस्थित सोलमारीको सभाहलमा संघसंस्था,व्यवसायी,बुद्धीजिवी,विद्यार्थी तथा समग्र नेपाली समुदायसंग फ़ेस्टिवल सफल बनाउन आवस्यक छलफल गरेको हो ।

गैरआवासीय नेपाली संघ जापानका अनुसारयस वर्षको फेस्टिवल अगस्ट २५ र २६ तारिखका दिन टोकियोको सेतागया कु स्थित कोमाजावा ओलम्पिक पार्कमा आयोजना हुने जनाएको छ । नेपाल फेस्टिभल जापानमा नेपालीहरुको पहिचान प्रवर्द्दन तथा नेपाल र नेपालका भेषभुषा,कलासंस्कृती एवं परम्पराबारे जापानी समुदायमा जानकारी गराउने मात्र नभई नेपाली समुदायमाझ पनि आपसी भेटघाट र मनोरञ्जनको एक विशेष पर्वको रुपमा स्थापित भएको बताएको छ ।

उक्त छलफल कार्यक्रममा जापानस्थित विभिन्न संघसंस्थाका अगुवाहरू सुझाव लिइ एनआरएनए जापानका अध्यक्ष टासी लामाको सभापतित्वमा सचिब जनकबिक्रम शाहीले संचालन गरी नेपाल फ़ेस्टिवल-२०१८ का संयोजक देवीलाल भण्डारी र एनआरएनए प्रवक्ता पर्शुराम बस्नेतले फ़ेस्टिवल वारे उठेको गिज्ञासाको जवाफ दिएका थिए ।