सोमबार, मङि्सर २३, २०८२

जापानमा एक नेपाली युवतीको उपचारको क्रममा निधन

टोकियो,२८ वैशाख । जापानमा एक नेपाली युवतीको निधन भएको छ ।

गल्कोट हटिया घर भएकी सोनु श्रेष्ठको नाकानोस्थित एक अस्पातलमा उपचारको क्रममा निधन भएको हो ।

एक हप्ता अघि सो अस्पातल उपचारका लागि पुगेकी श्रेष्ठ फर्कदा अस्पतलको गेटमा वेहोस् भएपछि पूनः भर्ना गरिएको थियो । एक हप्ताको उपचार पश्चात उनलाई हस्पिटलले मृत घोषणा गरेको हो ।

मृतक श्रेष्ठको अन्त्येष्टी यही शनिवार दिउँसो २:३० मा सिनागावास्थित निसी गोतान्दामा गरिने भएको छ ।