काठमाडौं,२७ वैशाख । लोकदोहोरी क्षेत्रका चर्चित गायक अमृत खातीको पहलमा दोलखाको भिनपा १ क्षमावती माबि को ७० औ बार्षिक उत्सब पारेर बिपन्न विद्यार्थीको लागि रु १ लाख बराबरको अक्षय कोषको स्थापना गर्नुभएको छ ।
रास्ट्रीय लोक सास्कृतिक संघको आयोजनामा भएको चर्चित हास्या कलाकार राजा राजेन्द्र पोखरेलको एकल प्रस्तुतिमा सम्पन्न राजा राजेन्द्र हास्यब्यांग्य साँझ -२०७४ बाट संकलित रकमबाट उक्त कोस स्थापना गरियको हो ।
३ नम्बर प्रदेश्का पर्यटन ,बन तथा बाताबरण मन्त्रि अरुण नेपालको प्रमुख आतिथ्यता तथा भिमेश्वर नगरपालिकाको मेयर भरत केसी ,जिल्ला समन्वय समितिका प्रमुख डबल पाण्डेको बिशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा दोलखा जिल्लाका क्यान्सर पिडित चरिकोटका मदन केसीलाइ रुपैया २० हजार ,मकैबारिकी सुशिला सुवेदीलाई १० हजार,राजकुमार सुबेदीलाई १० हजार पनि लोक सांस्कृतिक महासंघका महासचिब तथा हास्यब्यङ साझका संयोजक खातिद्वारा सोही कार्यक्रममा वितरण गरेका छन । यो सङ्गसङ्गै अझै आफु सङग बचेको थोरै रकम अर्घाखाँचीकी गायिका जलजला परियारलाई पनि सहयोग गर्ने बताएका छन ।
गायक खातीले अब आफ्नो कलाकारिता समाज सेवामा पनि उत्तिकै सक्रिय गर्ने गरि यो अभियान सुरुवात गरेको बताएका छन ।

