रेशम थामी, टोकियो । नेपालको दोलखा ज़िल्ला जन्मथलो भइ हाल जापानमा कार्यरत दोलखालिहरूको भेटघाट तथा विबेक्यू कार्यक्रम सम्पन्न भएको छ ।
टोकियोमा आइतवार खानपिन र मनोरंजनसहित विबेक्यू पार्टी भव्यरूपमा सम्पन्न गरेको हो ।
दोलखा समाज जापानको आयोजनामा दोलखालिहरूको बनभोज विबेक्यूमा खानपिनसहित जमघट भएर ज़िल्लाको विकासमा समेत केहि गरौ भन्ने छलफल भएको थियो । क़रीब ६ दर्जन जापानवासी दोलखालिको सहभागितामा सम्पन्न विबेक्यूले ज़िल्लाको चिनारी, दोलखालिहरूको एकतामा वल पुग्ने संस्थाका अध्यक्ष नवराज थापाले जनाएका थिए ।
जापानको राजधानी टोक्योस्थित तामागावाको रमनिय स्थलमा सम्पन्न विबेक्यूले ज़िल्लावासीबीचको आत्मीयता,भाईचारा र एकताको मुख्य उद्देश्य समाजले जनाएको छ ।

