सोमबार, मङि्सर २३, २०८२

जापानमा निधन भएका राजु केसीको शव नेपाल लैजान सहयोगको अपिल

टोकियो,२४ वैशाख । जापानमा एक नेपाली साथीहरुसंग सुतिरहेको अवस्थामा निधन भएको छ । पोखरा लेखनाथ महानगरपालिका घर भई हाल चिवामा बसोबास गरि एक कम्पनीमा कार्यरत २८ वर्षीय राजु केसी क्षेत्रीको शनिबार निधन भएको थियो ।
रातीको १२ बजे साथीसंग सुतेका केसी मे महिनाको ४ तारिख विहान उठाउन खोज्दा नउठेपछिसंगै सुत्ने साथीले प्रहरीलाई खबर गराएको थियो ।

सन् २०१४ मा जापान प्रवेश गरेका केसी टोकियो युनिभर्सिटी अफ सोसियल वेलफेर जापानीज स्कुलमा २ वर्ष अध्ययन सकी सनसाईन सेन्मोन गाक्कोउमा २ वर्षे अध्ययन पश्चात कम्पनीमा काम सुरु गरेका थिए । केसी केहि महिना अघि विवाह गरि जापान फर्किएका थिए । केसीको शव प्रहरी चौकीमा अनुसन्धानका लागि लगिएको छ ।

परिवारको इच्छा मृतकको शव नेपालमै दाहसंस्कार गर्ने रहेको र शवलाई नेपाल पठाउनका लागि एनआरएनए जापान र कास्की पोखरा समाजको अगुवाइमा आर्थिक सहयोग संकलन कार्य भैरहेको छ । यो कार्यमा सहयोग गर्न इच्छुक व्यक्तिले जापान पोष्ट बैंकको खातामा रकम जम्मा गरिदिनुहुन एनआरएनए जापान र कास्की पोखरा समाजजापानले अनुरोध गरेको छ ।

सहयोगको लागि

10020-20430041
カスキポカラニホンクミアイ