जापान,२४ वैशाख । किराँत राई यायोक्खा जापानको आयोजनामा टोक्योको हाईजिमा स्टेशनबाट नजिकै रहेको नेचुरल पार्कमा साकेला चाडसहित विक्यिू भव्यताको साथ सम्पन्न गरेको छ ।
आईतवार विहान १२ वजेबाट छोटो औपचारिक कार्यक्रम गरि साकेला ऊभौली कार्यक्रम सुरू गरि सम्पन्न गरेको थियो ।
कार्यक्रममा नेपाल आदिवासि जनजाति महासंघ जापानको अध्यक्ष सुमन लिम्बुको प्रमुख उपस्थितिमा ,गैरआवासिय नेपाली संघ जापानको अध्यक्ष टासी लामा, नेपाली संघीय समाज जापानको अध्यक्ष पेम्वा शेर्पा, थकाली समाज जापानको अध्यक्ष बुद्धी गौचन, पत्रकार महासंघका सह सचिव तथा तामान समाज जापानको अध्यक्ष कुमार मोक्तान,शेर्पा संघ जापानको अध्यक्ष छेवाङ जाङबु ,पूर्वी विकाश सहकार्य केन्द्र जापानको उपाध्यक्ष कुमार कार्की,किरात याक्थुन चम्लुन जापानको उपाध्यक्ष शुदिप लिम्बु र किराँत राईहरूको साकेलाको बारेमा लामो विगत लामो समय देखि खोज अनुसन्धान गर्दै आऊँनु भएका जापानिज नागरिक युको ओकामोटो, मगर संघ जापानका प्रतिनिधि किरण मगर लगाएत जापानमा रहेका विभिन्न संघ संस्थाहरूको प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमका सभापति तथा किरात राई यायोक्खा जापानको अध्यक्ष राजकुमार राईले आफ्नो छोटो शुभकामना मन्तव्य राख्नु हुदै नेपाल सरकारले किरातिहरूलाई आफ्नु मौलिक राष्ट्रीय चाड मनाऊँन दिदै आएको १ दिनको बिदाको दिनको पनि कटौटी गर्ने निर्णय गरेर किरातिहरू माथि पुर्ण गम्भिर अन्य गरेकोमा आफुहरू दुस्खि भएको बताऊँनु भयो । राईले सबै जात- जाति र धर्मलाई हेर्ने नेपाल सरकारको सोचमा परिवर्तन नभएसम्म देशले विकासको गति लिन नसक्ने कुरा बताऊँनु भएको थियो ।
कार्यक्रममा प्रमुख अथिति तथा आदिवासी जनजाति महासंघ जापानको अध्यक्ष सुमन लिम्बुले साकेला लगाए सास्कृतिक पर्वहरुको बिदा कटौ
टी गर्ने सरकारको निर्णय प्रति आन्दोलन सुरू भएको र सरकारले निर्णय फिर्ता नलिए सम्म संघर्ष जारी रहने बताउनु भयो । कार्यक्रममा जापानबासि किराति राईहरू आफ्नो मौलिक भेषभुषामा उपस्थित भएका थियो । गैह्रकिरातिहरूको पनि बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा आफ्नै किराति पिता पुर्खाहरूलाई सम्झिदै विभिन्न चरा(चुंगी र पशुपन्क्षिहरूको नक्ल गर्दै सिल्लिको तालमा राईभाकाको आफ्नै मौलिक गीतहरू गाऊँदै नाँचेर किरात राईहरूले रमाईलो गरेका थिए । किरात राईहरूले यो चाड उभौलि र ऊधौली गरि वर्षमा २ पटक मनाऊदै आएको छ । जापानमा भने टोक्यो, नागोया,टोचुकि र फुकुओका लगाएत अन्य क्षेत्रहरूमा पनि व्यापक रुपमा मनाऊँदै आएको छन् । कार्यक्रम किराँत राई यायोक्खा जापानका अध्यक्ष राजकुमार राईको सभापतित्वमा वर्तमान सल्लाकार संजीब राईले संचालन गरेका थिए ।

