सोमबार, मङि्सर २३, २०८२

शेर्पा संघ जापानको अध्यक्षमा छेवाङ जाङ्बु शेर्पा सर्वसहमति चयन

जापान,२३ वैशाख । शेर्पा संघ जापानको ११औ महाधिवेशन आज टोकियोमा सम्पन्न भएको छ । महाधिवेशनले छेवाड० जाड०बु शेर्पाको अध्यक्षतामा १९ सदस्यीय नया कार्यसमिति सर्वसहमत रूपमा चयन गरेको छ ।

महाधिवेशनले शेर्पा संघ टोकियो र टोकाई नागोयालाई एकीकरण गरी एउटै शेर्पा संघ जापान विधिवत रूपमा समायोजन गरिएको छ । यसअघि जापानमा नागोया र टोकियो गरी २ शेर्पा संघले छुट्टछुटै रूपमा सक्रियता साथ आआफ्नो क्षेत्रमा विभिन्न कार्यक्रमहरू सन्चालन गर्दै आएका थिए ।

लामो समय देखि दुवै शेर्पा संघ एकीकरणको विषयमा विभिन्न छलफल तथा बहस गरी जापानबासी शेर्पाहरूको चाहना अनुरूप एउटै शेर्पा संघ रहनुपर्ने सल्लाह र सुझावलाई संघले मध्यनजर गरी समायोजनको कार्य महाधिवेशनले सफलताका साथ पुरा गरिएको छ ।

महाधिवेशनले वरिष्ठ उपाध्यक्ष छोड०वा शेर्पा, उपाध्यक्षहरू पेम्बा छिरिड० शेर्पा, डेनी शेर्पा, सोनाम शेर्पा महासचिव ल्हाक्पा शेर्पा, सचिव दावा शेर्पा ,कोषाध्यक्ष आड० नुरू शेर्पा, सहकोषाध्यक्ष मिड०मार शेर्पा, सदस्यहरूमा पेमा नुरी शेर्पा, मिड०मा शेर्पा, फुर्वा शेर्पा, ल्हाक्पा शेर्पा, याड०जी शेर्पा, फुल्हमु शेर्पा, मिड०मा शेर्पा, ल सोनाम शेर्पा, गोम्बु शेर्पा र साड०गे शेर्पालाई चयन गरिएको छ । नया कार्य समितिले ल्हाक्पा गेलु शेर्पा र ड०वाड० सेरे शेर्पालाई सल्हाकार र डि०मा नुर्वु लामालाई संरक्षकको रूपमा रहने गरि सर्वसहमत चयन गरेको ढुकु शेर्पाले जानकारी दिनुभयो ।