जापान,२२ वैशाख । नेवा : अन्तराष्ट्रिय फोरम जापानले नेपाल राजदुतावास जापानको सहकार्यमा बुद्ध जयन्ती समारोहको आयोजना गर्ने भएको छ ।
हरेक वर्ष झैं यो वर्ष पनि यहि मे महिना १२ तारिख शनिबारको दिन चिबा केन मचुदो शी मा अवस्थित मचुदो सेइचिरेइएन बिहारमा २५६२ औं बुद्ध जयन्ती समारोहको आयोजना गर्न लागेको हो ।
नेपाल लगायत जापान, श्रीलंका र बर्माबाट आमन्त्रित बुद्धका अनुयायी भन्तेहरूबाट पुजापाठ गरी विश्व शान्तिको कामना समेत गर्नेछ र शान्तिको प्रतिक बुद्ध जयन्ती बौद्ध धार्मिकले मात्र नभएर हरेक नेपालीले मनाउनु पर्ने र बुद्धको जन्म स्थलको बारेमा धेरै भन्दा धेरै प्रचार गर्नुपर्ने आजको आवस्यकता हो फोरमका सचिव शिव तण्डुकार ले भने ।
जापानमा पनि बुद्धको जन्मस्थलको बारेमा गलत प्रचार भएको छ यसैलाई चिर्न पनि यस्ता कार्यक्रम गर्दै आएका छौं सचिव तण्डुकारले थप्नु भयो र साथै यस कार्यक्रममा भाग लिनहुन जापानवासी नेपालीलाई अनुरोध समेत गर्नुभयो ।

