टोकियो । नेपाल जापान विद्यार्थी समाजको दोस्रो वार्षिकोत्सव भव्यताका साथ सम्पन्न भएको छ । समाजले जापानमा विद्यार्थीसँग सम्बन्धित बिरलै हुने कार्यक्रम – दोस्रो वार्षिकोत्सव एवम सांस्कृतिक धमाका २०१८ सम्पन्न गरेको हो ।
कार्यक्रम नेपाली राजदुतावास टोकियोका उपनियोग प्रमुख कृष्ण चन्द्र अर्यालको प्रमुख आतिथ्यता, डा.विजय ज्ञावालि ,डा.होम बहादुर रिजाल ,संस्थापक अध्यक्ष सन्तोष चोखालको विशेष आतिथ्यता तथा पत्रकार महासंघ जापान शाखाका अध्यक्ष मोहन घले ,गैरआवासीय नेपाली संघ जापानका उपाध्यक्ष शिव प्रसाद पौडेल , विभिन्न संघसंस्थाका अध्यक्ष/प्रतिनिधि ,विभिन्न राजनीतिक दलका भातृ संगठनका अध्यक्ष/प्रतिनिधिको आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रम औपचारिक र अनौपचारिक गरी कार्यक्रम २ खण्डमा सम्पन्न भएको थियो ।
औपचारिक खण्डको उदघोषण राजन गौतमले गर्नु भएकोथियो । प्रमुख अतिथीले पानसमा बत्ती बालेर उद्घघाटन गर्नु भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष ईश्वर भट्टराईले स्वागत मन्तब्य तथा संस्थापक अध्यक्ष सन्तोष चोखालले संस्थाको स्थापना देखी अहिले सम्मको अवस्थालाई प्रष्ट्याउनु भएको थियो । वार्षिकोत्सबको अवसर पारी रिक्त महासचिब पदमा कुमामोटोका क्षेत्रीय संयोजक कृष्ण भूषाललाई नियुक्त गरिएको थियो । लामो समय देखी निकै चर्चामा आएको बहुउपयोगि विद्यार्थी डायरी भाग २ संस्थाका अध्यक्ष एवम कार्यक्रमका सभापति चेतन पौडेल ,प्रमुख अतिथी उपनियोग प्रमुखकृष्ण चन्द्र अर्याल ,विशेष अतिथी डा विजय ज्ञवाली ,डा होम बहादुर रिजाल ,संस्थापक अध्यक्ष सन्तोष चोखाल अतिथी मोहन घले र शिव प्रसाद पौडेलले संयुक्त रूपमा बिमोचन गर्नु भएको थियो । जापानमा पहिलोपटक आयोजना गरिएको जापानि भाषा निबन्ध लेखन प्रतियोगिताको नतिजा घोषणा साथै पुरस्कार हस्तान्त्रण पनि गरिएको थियो ।निबन्ध लेखनमा प्रथम गौरी उप्रेती ३० हजार जापानी एन र मायाको चिनो दोस्रो हुने दीपक जोशिलाई २० हजार जापानी एन र मायाको चिनो तृतीय हुने सुनिल पौडेललाई १० हजार एन र मायाको चिनो हस्तान्त्रण गरिएको थियो ।
कार्यक्रमको दोश्रो अनौपचारिक खण्डमा कलाकारहरू युवराज आचार्य ,रामकृष्ण बममल्ल,सूर्य खड़का,सोना केसी र हास्यकलाकार कुमार श्रेष्ठ ‘फर्सीलाल’ले बेजोड प्रस्तुति दिएका थिए ।
अनौपचारिक खण्डको कार्यक्रम दीप पाठकले संचालन गर्नु भएको थियो । कार्यक्रम संस्थाका केन्द्रीय अध्यक्ष चेतन पौडेलको सभापतित्वमा सम्पन्न भएको थियो ।

