टोकियो,वैशाख २० । साकुरा नाईट-३ का लागी कलाकारहरुको टोली जापानको राजधानी टोकियो पुगेका छन् । गोल्डेन विकको अवसरमा मे ३ तारिख आज टोकियोमा हुने ‘साकुरा नाईट(३’का लागी आधुनिक गाएक हेमन्त शर्मा, पप गाएक कमल खत्रि, लोक गाएक मिलन लामा, आधुनिक गाईका मिलन अमात्य र कमेडि किंग सन्दिप क्षेत्रि, संचारकर्मी नरेश भट्टराई लगायत टोकियो आईपुगेका छन ।
कलाकारको टोलीलाई आयोजक सुर्य कर्पोरेसनका डायरेक्टर बाशुदेव लामिछाने, शम्भु लामिछाने, डिजे जोन छन्त्याल, हामीले नगरे कसले गर्नेका संयोजक दीपकबाबु नेपाल, बाल कलाकार दिव्या नेपाल, पत्रकार रमेश श्रीसमगर, रामेछाप समाजका अध्यक्ष उत्तमकुमार श्रेष्ठ, साहित्यकार रबिन शर्मा, एलेक्स कट्टेल, ओरोहि सुबेदि, सरु खत्री लगायतले एयरपोर्टमा भव्य स्वागत गरेका थिए । कार्यक्रमको लागी सञ्चारकर्मी नरेश भट्टराई यसअघि नै टोकियो पुगिसकेका थिए । सुर्य कर्पोरेसनका ब्रयान्ड एम्बेसडर समेत रहेका भट्रराईको उत्कृष्ट उदघोषणमा संचालित हुने कार्यक्रम यसपालि अझ बढि बिशेष हुने वताईएको छ ।
सूर्य कर्पोरेशनले विगत तीन वर्षदेखि ‘साकुरा नाईट’ आयोजना हुँदै आएको छ । कार्यक्रमको मुनाफा मानवसेवा आश्रमलाई सहयोग गर्ने सूर्य कर्पोरेशनका अध्यक्ष बाशुदेव लामिछानेले बताए । आयोजकले गत वर्षको कार्यक्रमको मुनाफाबाट पनि १ लाख ११ हजार १११ रुपियाँ सोही संस्थालाई सहयोग गरेको थियो । कार्यक्रममा जापानमै रहेका राजेश र लक्ष्मी केसीको जोडी र बालकलाकार दिव्या नेपालको पनि नृत्य रहने अध्यक्ष लामिछानेले बताए । कार्यक्रम टोकियोस्थित नाकानो जिरो हलमा हुँदैछ । नेपालका चल्तीका कलाकारको साथमा हुन लागेको ‘साकुरा नाईट-३’ आज ३ तारीक टोकियो ४ तारिख नागोया र ५ तारिख ओशाकामा हुदैछ ।
साकुरा नाइट ३ का सम्पुर्ण कलाकार जापान भित्रिय लगत्तै टोकियोमा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । कार्यक्रम गोल्डेन विकको पहिलो दिन २०१७ मे ३ तारिक बिहिवार टोक्योबाट सुरु हुनेछ । मे ४ तारिक शुक्रवार नागोया र मे ५ तारिक शनिवार ओशाकामा हुनेछ । टोकियोको कार्यक्रमको मेनेजमेन्टको ज़िम्मा एवन ईन्टरटेनमेन्टले पाएको छ भने नागोया र ओशाकामा क्रमस एनआरएनए नागोया र नेपोलिएन गाईजको मेनेजमेन्टमा कार्यक्रम सम्पन्न हुनेछ ।

