सोमबार, मङि्सर २३, २०८२

देशमै दुक्क भएर लगानी गर्न प्रवासीहरूलाई युवा परिषद्का उपाध्यक्ष ढुंगेलको अपील

टोकियो,१९ वैशाख । राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले आफ्नो देशमा दुक्क भएर लगानी गर्न प्रवासी नेपालीहरूलाई अपील गरेका छन ।
बुधवार टोकियोको शिनओकूबुमा नेपाल पत्रकार महासंघ जापानले आयोजना गरेको एक पत्रकार भेटघाट कार्यक्रममा ढुङ्गेलले सो कुरा बताएका हुन् ।

गत हप्ता जापानको एक कार्यक्रममा सहभागी हुन आएका ढुङ्गेलले युवाहरूलाई देशमा नै स्वरोजगारको ब्यबस्था राज्यले गरिरहेको बताउदै विदेशमा रहेका नेपालीहरूलाई देशमा लगानी गर्नका लागि आग्रह गरेका हुन् । उनले विगतमा स्थायी र पुर्ण शक्तिसम्पन्न सरकार र स्थायी राजनितिक नभएका कारण देश विकास र सम्वृद्धिले गति लिन नसकेको र अब त्यो अबस्थाको अन्त्य भईसकेकाले मुलुक द्रुत विकासको बाटोमा अघि बढ्ने विश्वास पनि दिलाए ।

त्यस्तै एनआरएनए आईसीसी प्रवक्ता तथा प्रवासी पत्रकार भुषण घिमिरेले नेपाल सरकारसंग समन्वय गरेर प्रवासी नेपालीहरुले विदेशको ज्ञान , शिप र लगानी गर्ने धारणा ब्यक्त गरे ।
जापानमा कृयाशील सञ्चारकर्मी लगायत राजनितिक कर्मीहरुको उपस्थिती रहेको उक्त कार्यक्रम पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घलेको सभापतित्वमा महासंघ जापानका सदस्य शान्त पहरीले संचालन गरेका थिए ।