सोमबार, मङि्सर २३, २०८२

जापानमा बुद्धको प्रवचन श्रवन गरि २५६२ औं बुद्ध जयन्ती मनाए

टोकियो,१७,वैशाख । नेपाल आदिवासी जनजाती महासंघ जापानले २५६२ औँ वुद्ध जयन्ती समारोह तथा वुद्धको प्रवचन श्रवन कार्यक्रम सम्पन्न गरेको छ ।

टोकियोमा आइतवार बुद्ध जयन्तीको अवसरमा जनजाति महासंघ जापानले वुद्धको ज्ञान र प्रवचन श्रवनको साथमा एक समारोह गरि वुद्ध जयन्ती मनाएको हो ।

उक्त कार्यक्रममा जापानमा विदेशीहरुको रिसर्च गरि गहनु भएका रिक्क्यो यूनिर्भसिटीका किमुरा मिजुका,आवे हारुको,नेपाली भिक्षु गोमा लगाएत जापानीहरु तथा नेपालीहरुको उपस्थितीमा कार्यक्रम भएको थियो ।

सो कायएक्रम जापानमा क्रियाशील महासंघमा आबद्द ११ संस्थाहरू तमु धीं जापान, तामाङ समाज जापान,किराँत याक्थुङ चुम्लुङ जापान ,थकाली सेवा समिति जापान ,शेर्पा संघ जापान ,नेपाल मगर संघ जापान ,किराँत राई योयाख्खा जापान ,मनाङ सोसाइटी जापान,थारु समाज जापान,नेपाल थामी समाज जापान,नेवा जागरण मंच जापानको सह आयोजनामा विश्व शान्तिका प्रतिक गौतम बुद्धको २५६२ औं बुद्ध जयन्ती समारोह २०१८ सम्पन्न गरेको कार्यक्रम संयोजक तथा तमु धिं जापानका अध्यक्ष अनिता गुरुङ बताउनु भयो ।

संस्थाका महासचिव शान्त पहरीले संचालन गरि अध्यक्ष सुमन लिम्वुको सभापतित्वमा सम्पन्न समारोहमा नेपाली राजदुतावास टोकियोका सचिव प्रेम वरालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।