सोमबार, मङि्सर २३, २०८२

एनआरएनए जापानको शान्ति पदयात्रा शहर परिक्रमा गरि सम्पन्न(भिडियोसहित)

टोकियो,१७,वैशाख । विश्वका शान्तिका प्रतिक भगवान गौतम बुद्ध जन्मस्थलबारे भारतले गरिरहेको गलत प्रचारलाई रोकि बुद्ध जन्मस्थल नेपाल हो भन्ने चिनाउन जापानमा शान्ति र्याली गरेका छन् ।

टोकियोमा आइतबार गैरआवासीय नेपाली संघ एनआरएनए जापानले आयोजना गरेको शान्ति पदयात्रा गरि शहर परिक्रमा गरेका थिए ।

चन्द्र सूर्य अंकित नेपाली झण्डा र भगवान वुद्धको जन्मस्थानसंग सम्बन्धित बिभिन्न ब्यानर, पम्प्लेट र पोस्टकार्ड बोकेर जापानको ब्यस्त शहर सिन्ज्युकु सेन्टर पार्कमा भेला भएका सयौं नेपाली तथा जापानी नागरिकले सो क्षेत्रलाई नेपालमय बनाएका थिए ।
एनआरएनए जापानका प्रवक्ता पर्शु बस्नेतका अनुसार, यस पटकको शान्ति र्याली गौतम वुद्धको जन्मस्थानबाट विश्व शान्तिको कामना गर्दै गौतम वुद्ध लुम्बिनीमा जन्मीएका हुन् , लुम्बिनी नेपालमा पर्दछ ,नेपाल जापान सम्बन्ध अमर रहोस भन्ने नारा लगाउँदै सहभागीहरूले शहरलाई परिक्रमा गरेको जानकारी दिनु भयो ।

२५६२ औं बुद्धजयन्ती अवसरमा नेपाली मौलिक भेषभुषा सजिएर गौतम वुद्धको जन्मस्थानलाई लिएर छिमेकी मुलुक भारतले जसरी बिश्वमा भ्रम फैलाउने कार्य गरेको छ त्यसलाई थोरै भएपनि चिर्ने प्रयास हामीले गरेको एनआरएन जापानका उपाध्यक्ष तथा शान्ति पदयात्राका संयोजक सरोज कुमार खत्रीले बताउनु भयो ।

त्यस्तै एनआरएनए आईसीसी सदस्य ओम गुरुङका अनुसार यस कार्यक्रमले नेपाल र नेपाली मात्र नभएर नेपालको प्रचार र पर्यटन विकास पनि हुने विश्वास लिनु भयो ।

शान्ति पदयात्रा सिन्ज्युकु पार्कवाट २ किलोमिटर यात्रा गरि ग्योएनमाए पार्कमा पुगेर सम्पन्न भएको थियो ।