जापान,१५ वैशाख । राष्ट्रिय युवा परिषद्को कार्यकारी उपाध्यक्ष माधव ढुंगेललाई जापानमा भब्य स्वागत गरेका छन् ।
शनिवार जापानमा एक साताको लागि आईपुग्नु भएका कार्यकारी उपाध्यक्ष, नेकपा एमाले केन्द्रीय सदस्य तथा पुर्व अनेरास्ववियु अध्यक्ष ढुंगेलसंगै लुम्बिनी पिस आर्ट फ़ान्उडेशनका निर्देशक बासू गौतम र आर्टिस्ट दामोदर बराललाई आज नारिता एयरपोर्टमा प्रवासी नेपाली मञ्चका कार्यबहाक अध्यक्ष बाबुराम भण्डारी तथा एनआरएनए जापानका बरिष्ठ उपाध्यक्ष देबिलाल भण्डारी प्रवक्ता पर्शुराम बस्नेत,प्रवासी नेपाली मञ्च कान्तो कमिटी उपाध्यक्ष द्वोय महेन्द्र कुमार अधिकारी र अनुथापा ,अनुरोध घले, अनुप जोशी भीम रायमाझी लगायतले एर्पॉर्टमा उपस्थिति भएर स्वागत गर्नु भएको थियो।
ढंगेल लुम्बिनी वर्ड पिस नामक एक् सस्थाले आयोजना गरेको बुद्ध जयन्तीसम्वनधी एक कार्यक्रमलाई सम्वोदन गर्नको लागी जापान आउनु भएको हो ।
प्रवासी नेपाली मञ्च जापानमा केहि समयअघि देखि भएको विवादलाई पनि ढंगेलको सहभागिले समधानको वाटो जाने आकलनसमेत गरिएको छ ।

