जापान,१३ वैशाख । कानागावा नेपाली कम्युनिटी जापानले नेपालमा २०७२ साल वैशाख १२ गते गएको विनासकारी महाभूकम्पबाट ज्यान गुमाएकाहरुको सम्झनामा मैनबत्ती बालेर श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।
नेपालमा ९ हजार भन्दा वढी मानिसको ज्यान जाने गरि गएको विनाशकारी महाभूकम्प गएको ३ वर्ष पूरा भएको छ । महाभूकम्पमा परी निधन भएकाको सम्झनामा जापानको योकोहमा शहरमा बुधवार श्रद्धाञ्जली सभासहित डकुमेन्ट्री प्रदर्शन गरिएको हो ।
जापानी नागरिक इसिकावा वोनले तयार पारेको “संसारकै सबैभन्दा सुन्दर गाँउ” नामक डकुमेन्ट्री प्रदर्शनमा गरिएको थियो । लाप्राकको एक् गरिव परिवारको वास्तविक कथालाई मुख्य पात्र बनाएर बनाएको डकुमेन्ट्री नाम ‘संसारको सबैभन्दा सुन्दर गाउँ राखेका छन ।
कार्यक्रमा नेपाली राजदुतावासका उपनियोग प्रमुख कृष्णचन्द्र अर्याल, कानागावा इन्टरनेशनल पोन्डेशनकी प्रमुख मिजुता हिदे लगाएत नेपाली तथा जापानीहरुको वाक्लो उपस्थित रहेको कार्यक्रम कानागावा नेपाली कम्युनिटी जापानका अध्यक्ष हरि सापकोटाको नेतृत्वमा सल्लाहकार जिज्ञानकुमार थापाले संचालन गरि सम्पन्न भएको थियो ।

