जापान,१० वैशाख । नेपाल आदिवासी जनजाती महासंघ जापानले २५६२ औँ वुद्ध जयन्ती समारोह तथा वुद्धको प्रवचन श्रवन कार्यक्रम आयोजना गर्ने भएको छ ।
जनजाति महासंघ नेफ़िन जापानले बुद्ध जयन्ती समारोह २०१८ गर्न लागेको अध्यक्ष सुमन लिम्वुले जानकारी दिनुभयो ।
उक्त कार्यक्रममा जापानमा क्रियाशील महासंघमा आबद्द ११ संस्थाहरू तमु धीं जापान, तामाङ समाज जापान,किराँत याक्थुङ चुम्लुङ जापान ,थकाली सेवा समिति जापान ,शेर्पा संघ जापान ,नेपाल मगर संघ जापान ,किराँत राई योयाख्खा जापान ,मनाङ सोसाइटी जापान,थारु समाज जापान,नेपाल थामी समाज जापान,नेवा जागरण मंच जापानको सह आयोजनामा विश्व शान्तिका प्रतिक गौतम बुद्धको २५६२ औं बुद्ध जयन्ती समारोह २०१८ कार्यक्रम तयारी अन्तिम चरणमा पुगेको कार्यक्रम संयोजक तथा तमु धिं जापानका अध्यक्ष अनिता गुरुङ बताउनु भयो
उक्त दिन वुद्धको प्रवचन श्रवन तथा प्रसाद ग्रहन गरि छोटो औपचारिक कार्यक्रम हुने नेफिन जापानले जनाएको छ ।
कार्यक्रम
मिति : २०१८ अप्रिल २९ आइतवार
समय : दिउसो १३ बजे
स्थान : टोकियो,जापान
ठेगाना : NIPPONZAN MYOHOJI (JR Sobu Line-ichigaya station) 3-2-23 kudan-kita Chiyoda ku Tokyo japan

