टोकियो,९ बैशाख । किराँतीहरुको आफ्नो मौलिक नेपाली साँस्कृतिक चाड यले दोङ ५०७८ को शुभ अवसर शुभकामना आदानप्रदान सहित किराँत समुदायको महान चाड उभौली साकेला नाच कार्यक्रम हूने भएको छ ।
किरात राई यायोक्खा जापानको आयोजनामा आऊँदो मे ६ तारिक आइताबार उभौली साकेला सिल्ली नाचको तयारि पुरा भइसकेको अध्यक्ष राजकुमार राईले बताउनुभयो ।
किरात तथा ग़ैर किरात नेपाली समुदायको पनी बिसेस उपस्थिति भै नेपाली मौलिक सास्कृतिक नाचमा सहभागी हून अनुरोध गर्दै सिंगो नेपाल बिबीध जात जातीको मौलीक भेस भूसा भासा धर्म नै सिंगो नेपालको एक पहीचान हो भंने दायित्योका साथ सबैको उपस्थितिको लागी किरॉत यायोखा जापान टोक्योले अनुरोध गरेको छ ।
पछिल्लो दिनमा जापानमा बढ्दै गैरहेको किराँत राई तथा गैर किरात समुदायको उपस्थितीलाई मध्ये नजर गर्दै गत वर्ष झै यस वर्ष पनि साकेला नाच गर्न लागेको किराँत राई यायोक्खा जापानले जनाएको छ ।

