सोमबार, मङि्सर २३, २०८२

भुकम्पमा ज्यान गुमाएकाहरुको सम्झनामा मैनबत्ती बालेर श्रद्धाञ्जली सभा गर्ने

टोकियो । कानागावा नेपाली कम्युनिटीले नेपालमा गएको महाभुकम्पमा ज्यान गुमाएकाहरुको सम्झनामा मैनबत्ती बालेर श्रद्धान्जली सभा गर्नै भएको छ ।

आउँदो अप्रिल २५ तारिखअ महाभुकम्प गएको ३ वर्ष पुग्नेछ । सो ३ वर्ष पुगेको दिन श्रद्धान्जली सभा गर्न लागिएको कानागावा नेपाली कम्युनिटीका अध्यक्ष हरि सापकोटाले बताउनुभयो ।

बिक्रम संवत २०७२ साल वैशाख १२ गते बारपाक केन्द्रविन्दु बनाई गएको भूकम्पमा परी ९ हजार भन्दा बढी मानिसहरुले ज्यान गुमाएका थिए । सापकोटाका अनुसार,त्यस दिन श्रद्धान्जली सभाका साथै जापानी नागरिक इसिकावाले तयार पारेको भूकम्पसम्बन्धी डकुमेन्ट्री “संसारको सबैभन्दा सुन्दर गाऊँ”को प्रदर्शनी पनि गरिनेछ ।

कार्यक्रम कानागावा केनमिन सेन्टर,योकोहामा साँझ ६ बजे गरिने बताईएको छ । कम्युनिटीले सहभागीताको लागि जापानवासी नेपालीहरुमा अनुरोध गरेको छ ।