सोमबार, मङि्सर २३, २०८२

साकुरा नाईट-३ साँस्कृतिक कार्यक्रम जापानको तिन शहरमा हुँदै

जापान,९ वैशाख । जापानीहरुले मनाउने एक विशेष चाड गोल्डेन विकको अवसरमा सुर्य कर्पोरेसनद्वारा साकुरा नाईट ३ बृहत् सांस्कृतिक कार्यक्रम गर्ने भएको छ ।
मे महिनाको पहिलो हप्तामा पर्ने गोल्डेन विकको अवसर पारि कर्पोरेसनले हरेक बर्ष जापानको मुख्य शहरहरुमा सांस्कृतिक कार्यक्रम गर्दै आईरहेको छ ।
कार्यक्रम नेपालका निकै चर्चामा रहेका संचारकर्मी एबम कार्यक्रम प्रस्तोता नरेश भट्टराईको उत्कृष्ट उदघोषणमा संचालित हुने पक्का भएको छ । भट्टराई सुर्य कर्पोरेसनका ब्रयान्ड एम्बेसडर पनि भएकाले हरेक बर्ष हुने कार्यक्रमा उनको उपस्थिति निश्चित प्राय हुने कम्पनीले जनाएको छ ।

कार्यक्रममा आधुनिक गाएक हेमन्त शर्मा, पप गायक कमल खत्री, लोक गायक मिलन लामा, आधुनिक गायिका मिलन अमात्य र कमेडि किंग सन्दिप क्षेत्रिको प्रस्तुति रहने भएको छ ।
कार्यक्रमको मुनाफाबाट गरिव, दिन दुखि र असाह्यको सहारा बन्दै आईरहेको नेपालको मानब सेवा आश्रमलाई सहयोग गरिने सुर्य कर्पोरेसनका डाईरेक्टर बाशुदेव लामिछानेले जानकारी दिए । अघिल्लो वर्षको साकुरा नाइट २ मा सुर्य कर्पोरेसनले मानवसेवा आश्रमलाई १ लाख ११ हजार १११ सहयोग गरेको थियो ।
टेक्निकल सपोर्टका लागि डिजे जोन छन्त्यालको सहयोग रहने कार्यक्रममा बाल कलाकार दिव्या नेपाल, स्थानिय कलाकार राजेश केसी र लक्ष्मी केसीको पनि प्रस्तुति रहने जनाएको छ ।

कार्यक्रम गोल्डेन विकको पहिलो दिन २०१७ मे ३ तारिक बिहिवार टोक्यो बाट सुरु हुनेछ । मे ४ तारिक शुक्रवार नागोया र मे ५ तारिक शनिवार ओशाकामा हुनेछ । कार्यक्रममा सहकार्य गरिएका र गरिने एसोसियेट पार्टनर, मिडिया पार्टनर, रेमिट्यान्स पार्टनर,ट्राभल पार्टनर लगाएत विभिन्न सपोर्टर सहितको पोस्टर केहि दिनमा सार्वजनिक गरिने बुझिएको छ ।