नागोया ,८ वैशाख । जापान नेपाल म्युजिक ईभेन्ट अर्गनाईजेसनले गोल्डेन वीकको अवसर पारेर चर्चित नेपाली कलाकारहरूको साथमा नागोयाबासी नेपाली दाजुभाई, दिदीबहिनीहरूलाई लक्षित गर्दै भव्य साँगितिक कार्यक्रमको आयोजना गर्ने भएकको छ ।
जापानमा गोल्डेन वीकको अवसरमा प्रत्येक वर्ष १ हप्ता विदा दिने चलन रहिआएकोले यो वर्ष यस विदालाई मनाउनको लागि पनि यो कार्यक्रमको विशेष आयोजना गर्न लागेको आयोजक जापान नेपाल म्युजिक ईभेन्ट अर्गनाईजेसनका प्रमुख राजीव लामा बताउनु भयो ।
सो कार्यक्रममा नेपालको चर्चित मेलोडियस पप गायक नितेश जँग कुँवर, चर्चित र्यापर भिटेन, डिजे शुस्याङ र स्थानीय कलाकारहरू श्याम शितल, मिरा थापा, राजीव लामा र छवि लामाले प्रस्तुती दिने आयोजकले जनाएको छ ।
पछिल्लो समयमा गायक नितेश जंग कुँवर हाम्रो नेपालमा, परी, पिडीत र लेटेस्ट रिलिज हल्लन्टे, फ्लर्टि माया जस्ता गितहरू नेपाली साँगितिक जगतमा पस्केर युवाहरूको ढुकढुकी बन्न सफल भएका छन । यसैगरि चर्चित र्यापर भिटेन पनि नेपाली सामाजिक कथामा आधारित रहेर मान्छे खत्तम, हिम्मत, चुरोट, लाउरेको फेसन र हालखबर जस्ता हिपपप गितहरू सिर्जना गरेर विशेषगरि युवावर्गहरूमाझ लोकप्रिय बनेका छन् ।
आयोजकको अनुसार यस साँगितिक कार्यक्रममा यि दुई जना बहुचर्चित गायकहरूलाई नागोया सिटीको चर्चित डिजे, डिजे शुस्याङको बेजोड प्रस्तुति र स्थानीय कलाकारहरूले साथ दिने बताउनु भयो ।

