सोमबार, मङि्सर २३, २०८२

गायक अनिल लामाको “शैलुंगे गाँउको मैच्याङ” वजार

काठमाडौं,८ वैशाख । काभ्रेपलान्चोक जिल्लाको चौरी देउराउली गाँउपालिका हर्दन गाँऊमा जन्मेका गायक अनिल लामाले यत्तिखेर स्रोता तथा दर्शकमाझ लभ वेज र माउन्टेन हर्ट नामक दुईवटा नयाँ गितिसंग्रह सार्वजानिक गरेका छन् ।

एक दशक भन्दा लामो समय देखि नेपाली सांगितिक क्षेत्रमा अनवरत् रुपमा लाग्दै आएका लामाको लभ वेज गिति एल्बम भित्रको शैलुंगे गाँऊको मैच्याङलाई बोलको गीतको म्यूजिक भिडियो युटुबमार्फत् सार्वजानिक भएको छ ।

टिका बोम्जनको रचना तथा संगीतमा रहेको सो सेलो गीतमा गायक अनिल लामाले निकै मनछुने गरी तामाङ लवजमा स्वर भरेका छन् । जवानीको सुन्दरता र माया प्रिति साट्न गरिएको आग्रहमुलक भाव बोकेको सो गीतको भिडियोमा सोनाम पाख्रीन र बिनु शाक्यले अभिनय गरेका छन् भने निर्देशन पनि सोनाम पाख्रिनले नै गरेका हुन् ।  भिडियो