जापान,६ वैशाख । बाग्लुङ समाज जापानले सांगितिक साँझ गर्ने भएको छ ।
असहाय बालबालिकाको शिक्षा र आश्रयको आर्थिक सहायताको लागि अप्रिल २९ मा मेगुरो कुमिन सेन्टर टोकियोमा हुने संस्थाका अध्यक्ष सिद्धार्थ श्रेष्ठले जानकारी दिनुभयो ।
नया बर्ष २०७५ सालको पावन अबसरमा बाग्लुङ समाज जापानले असहाय बाल,बालिकाको उच्च शिक्षा र आश्रय लिएर बस्नु भएका बृद्धबृद्धाहरूका लागी आर्थिक सहायता गर्ने उद्धेश्यका साथ साङ्गितीक साँझको आयोजना गरिएको जनाएको छ ।
साथै संस्थाले जापानवासी नेपालीलाई सांगितिक साँझमा उपस्थित लागि अपिल गरेको छ ।

