सोमबार, जेठ २५, २०८३

टोकियोमा ‘गोल्डेन वीक म्युजिकल नाईट’ हुने

टोकियो,६ वैशाख । गोल्डेनवीकको अवसरमा जापानको टोकियोमा ‘गोल्डेन वीक म्युजिकल नाईट’ हुने भएको छ ।
यहि अप्रिल २९ तारिख आईतबारका दिन नेपाली युवाहरुको रोजाईमा पर्न सफल गायक नितेश जंग कुवंर तथा युवा पुस्तामाझ चर्चित र्यापर भिटेनका र डिजे नबिनका साथ म्युजिकल नाईट गरिने भएको हो । युट्युब बाट नै आफुलाई प्रिय पात्रको रुपमा चिनाउन सफल नितेशको यु९ट्युबमा भिडियोहरु लाखौँ पटक हेरिएका छन् । उनि वर्तमान युवा अवस्थाहरुलाई हुबहु शब्दमा उतारी संगितले सजाई दर्शक सामु पस्कन उनी खप्पिस छन् ।
कार्यक्रम,टोकियोको सुगिनामी कु कामिओगी मा हुनेछ ।