जापान,५ वैशाख । जापानमा रहेका नव गायक अमित सापकोटा र गायिका कविता न्यौपानेको सयुक्त रुपमा “धड्कन” नामक गीत बजारमा ल्याएका छन् ।
माया प्रेमका विषयमा आधारित उक्त गीतमा अमित सापकोटा र कविता न्यौपानेको सुमधुर आवाज रहेको छ । जसमा ईश्वर पौडेलले आफ्नै शब्दमा संगीत भरेका छन् ।
जुन गीतको म्युजिक भिडियोमा यादब सापकोटा र रितु गौतमको अभिनय रहेको छ । जुन म्युजिक भिडियोको निर्देशन तथा छायांकन गायक अमित सापकोटाले नै गरेका छन् । मुटु फेरिदेउ बोलको गीतको म्युजिक भिडियो एआर क्रियशनको युट्युब च्यानलमा हेर्न सकिन्छ ।
भिडियो

