टोकियो । नयाँ वर्षको अवसरमा जापान मनि एक्स्प्रेस (जेएमई) रेमिटले आफ्ना ग्राहकका लागि विशेष आकर्षक उपहार योजनाहरु सार्वजनिक गरेको छ ।
उपहार योजना अन्तर्गत,वैशाख १ गते देखि (१४ अप्रिल तारिख देखि १५ मे सम्म) बैशाख महिना भरि जेएमईबाट पैसा पठाउने ग्राहकहरु मध्येबाट गोलाप्रथा द्वारा बिजयी एकजना महानुभावलाइ १ तोलाको ‘सुनको सिक्री’उपाहार दिइने छ । त्यस्तै, Japan Post Bank मार्फत पैसा पठाउने ग्राहकहरु मध्येबाट गोलाप्रथा द्वारा बिजयी महानुभावलाइ हरेक हप्ता एउटा ‘Tablet’उपहार दिईनेछ । यो संगै, आमाको मुख हेर्ने दिन मातातिर्थ औशी को उपलक्ष्यमा आउँदो १६ अप्रिल का दिन आफ्नो जन्मदिने आमालाइ पैसा पठाउनु हुने सम्पूर्ण ग्राहकहरुलाइ निसुल्क सेवा प्रादान गर्ने धोषणा पनि गरिएको छ । रेमिटले शुभकामना सहित, यो अवसरको भरपुर फाइदा उठाउन सम्पूर्ण ग्राहक बर्गमा हार्दिक अनुरोध गरेको छ ।
जेएमई रेमिट, ‘हामि बाटै पठाऔं हामि बाटै पाऔ’ भन्ने नाराका साथ बिसुद्द नेपालीहरुको लगानी बाट संचालित जापान सरकारको सम्बन्धित निकायमा बिधिबत रुपले दर्ता भइ नेपालीहरुको पहिलो रेमिट कम्पनि हो । जेएमईले जापान बाट बिगत ७ बर्षदेखि नेपाल अधिराज्य भरि नै बिप्रेसण सेवा उपलब्ध गराउदै आएको छ | नेपाल बाट सुरुआत गर्दै अहिले नेपाल मात्र नभै संसारको बिभिन्न मुलुकमा सेवा बिस्तार गरि सकेको छ ।
कम्पनीले नाफा मुलक कार्य मात्र नभई नेपाल र नेपालीहरुमा भै परी आउने हरेक कार्यहरु लगायत सामाजिक क्षेत्रमा पनि अग्रणी भूमिका खेल्दै जापानमा भएका संघ-सस्थाहरु बीच हातेमालो र सहकार्य गर्दै आइरहेको छ ।

