टोकियो । प्रवासमा रहेर पनि लोक संगीतका लागि अनबरत रुपमा लागिरहेका अर्घाखाँचीका प्रतिभाशाली गायक चेतन घर्ती मगरको अर्को मौलिक लोकदोहोरी गीत “तालमा पानी”बजारमा आएको छ। आईतबार टोकियोमा एक औपचारिक कार्यक्रमका माँझ “ तालमा पानी” सार्वजनिक गरिएको हो ।
उक्त गितमा गायक चेतनसंगै चर्चित गायिका सान्ति श्री परियारको आवज रहेको छ भने लय तथा शब्द इश्वर पौडेलको रहेको छ।सनम क्रियशनले बजारमा ल्याएको उक्त गीत चेतन घर्ती मगरकै प्रशनल युटुब च्यानलबाट बजारमा आएको हो।चर्चित मोडल प्रकाश सपुत र रिना थापा मगरको अभिनय गरेको उक्त गीतको म्यूजिक भिडियो निर्देशन भने शंकर बिसीले गरेका हुन् ।दुर्गा पौडेलको छायांकनमा बजारमा आएको उक्त गीतको सम्पादन भने नबिन घर्ती मगरले गरेका हुन्।नया बर्षको शुभकामना सहित बजारमा आएको यो गीतप्रति गायक चेतन निक्कै आशावादी छन् ।

