मलेसिया,२४ चैत । नेपाल आदिवासी जनजाति महासंघ मलेसियाको आयोजनामा नेपाली चलचित्र रेस फिल्मको च्यारिटी शो को तयारी पूरा भएको छ ।
बेरोजगार युवा,युवतीहरुको जिवन कथामा आधारित,लभ स्टोरी,हास्य व्यंग्य, त्रिकोणात्मक प्रेम कथामा आधारित र एक्सनले भरपुर फिल्म रेस को च्यारिटी सो आयोजना सफल पार्नको निम्ति नेपाल बाट यस् फिल्मका निर्देशक किशोर सुब्बा बिहिवार मलेसिया आइ पुगेको आयोजक संस्थाका अध्यक्ष पिटि शेर्पा पिनासाले जानकारी गराउनु भयो ।
करिव दुई घण्टा लामो यस् चलचित्रमा निता ढुङ्गाना ,पुस्पा लिम्बू ,जियान, किरण केसि ९रातामकै० ,सुलेमान शङ्कर ९ ईकु०, रविन्द्र खड्का, रविन लिवाङ्, सुवास गजुरेल लगायतको जोडदार अभिनय रहेको बताईएको छ । हस्त लिम्बू, विशाल थेवे,हेमन्त गौतम,चन्द्र लिम्बू,राज सेम्बुको निर्माण तथा प्रस्तुति रहेको यस् चलचित्रको सह ९निर्माताहरुमा पासाङ्ग ह्योल्मो ,रवि गुरुङ ,पदम चोङ्गवाङ्ग लगायतका छन् ।
यस् रेस चलचित्रको गितहरुमा प्रसिद्द गायक उदित नारायण झा, अन्जु पन्त, सुजाता उपाध्याय ,दिपराज नेयोङहाङ ,सजित तामाङ्ग ,ममिला लामाको स्वर रहेका छन ।
उक्त फिल्मको च्यारिटी सो आयोजना गर्नुको मुख्य उद्धेश्य नेफिन मलेसियाको सहायताले मलेसियामा विभिन्न कारणले समस्यामा परेका पीडितहरुलाइ सक्दो उद्दार,साथ र सहयोग गर्न सजिलो होस् भनेर हो, साथै नेपाली चलचित्रलाई परदेशको ठाउँमा प्रदर्शन गरेर समेत चिनाउनको निम्ति र नेपाली चलचित्र उद्योगमा केही आर्थिक सहायता पुगोस् भनेर यो च्यारिटी सो मलेसियाको विभिन्न मुख्य सहरहरूमा आयोजना गर्न लागेको महासंघका उपाध्यक्ष तथा सञ्चार बिभाग संयोजक आरएन चौधरी थारुले बताउनु भयो ।
