टोकियो,२३ चैत । नायक पल शाह जापान आउने पक्का भएको छ । उनलाई बुधवार नेपालस्थित जापानी राजदूतवासले जापान आउने स्वीकृति दिएको छ ।
पल चलचित्र शत्रु गतेु प्रदर्शनका लागी जापान आउन लागेका हुन् । नेपालभर सफलताका साथ प्रदर्शन भइरहेको चलचित्र शत्रु गतेु एवान इन्टरटेन्मेन्टको व्यवस्थापनमा जापानभर प्रदर्शन हुँदैछ ।
चलचित्रको यही अप्रिल ८ तारिख आइतबार टोकियोस्थित नाकानो जिरो हलमा प्रिमियर शो हुँदैछ ।
जापानबासी नेपालीहरुको लागी बहुप्रतिक्षित मानिएको चलचित्र शत्रु गतेको टोकियोपछि नागोया, फुकुओका, सिजुओका, गुन्मा, तोचिगी, ओकिनावालगायत शहरहरुमा समेत प्रदर्शन हुने निर्देशक लामा बताए ।
कमेडी जनरामा सामाजिक कथा बोकेको चलचित्र ‘शत्रु गते’मा निर्देशक प्रदिप भट्टराईले चलचित्र बिवाहमा बाधक बन्ने पात्रहरुको वरिपरि घुमाएका छन् ।
चलचित्रमा पल शाह, आँचल शर्मा, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, बसुन्धरा भुषाल, राजाराम पौडेल, दीपकराज गिरी, दिपाश्री निरौला, शिवहरी पौड्याल, किरण केसी, प्रियंका कार्कीको मुख्य अभिनय रहेको छ ।
हरिवंश आचार्यको कथा, दीपकराज गिरी र निर्देशक भट्टराईको पटकथा रहेको यो चलचित्रलाई दीर्घ गुरुङले खिचेका हुन् ।
