बुधबार, असार १०, २०८३

ओभरसीज रेमिट कम्पनीको कारोवार सिनओकुबोवाट सुरु

जापानबाट नेपालमा रेमिट्यान्स कारोबार गरिरहेको ओभरसीज रेमिट कम्पनीले आफ्नो संजाल विस्तारको क्रममा राजधानी टोकियोभित्र अर्को शाखा खोलेको छ।

“मिनी नेपाल”भनेर चिनिने टोकियोको सिन-ओकुबोस्थित कार्यलयको शनिवार औपचारिक रुपमा उद्घाटन गरिएको हो ।

कम्पनीका संचालकहरू दीपक सुबेदी,रोशन के सी,डीपी कँडेल,लोकनाथ वस्ती र इश्वरी कँडेल(सेवा) लगायतले संयुक्त रूपमा रिबन काटेर कार्यलयको औपचारिक उद्घाटन गरे।जापानका सफल तथा स्थापित नेपालीद्वारा प्रबर्तित कम्पनीले स्थापनाको छोटो समयमै आक्रामक रूपमा सेवा विस्तार गरि छिटो छरितो र विश्वासिलो ढंगबाट आफ्नो अलग पहिचान बनाउन सफल भएको कम्पनीका कार्यकारी संचालक बिपीन घिमिरेले बताए ।

सुरक्षित तथा छिटो,कम शुल्क उच्च रेट” भन्ने नारा अनुरूप ग्राहकहरुको सुविधालाई महत्व दिने गर्दछौं,कम्पनीका प्रमुख व्यवस्थापक भरत ज्ञवालीले भने ग्राहकहरूको सल्लाह र सुझावलाई मन गर्दै अगाडी बढिरहेका छौं ।

कार्यक्रममा ओभरसीज रेमिट कम्पनीमा एक पटक ग्राहकको रुपमा दर्ता भए पश्चात कुनै रेमिट गर्ने कार्ड बनाउन नपर्ने,आफनै एटीम कार्ड बाट रकम डिपोजिट गर्न सकीने,नेपाल पैसा पठाएपछी र नेपालमा भुक्तानी भैसकेपछी एसएमएस बाट जानकारी पाईने लगायतका सुविधाहरूका बारेमा जानकारी दिईएको थियो ।